ad
x

यी साउथ फिल्मका स्टार अब बलिउड फिल्ममा

person explore access_timeपुस २९, २०७८ chat_bubble_outline0

साउथ फिल्म उद्योग यतिबेला बलिउडभन्दा ठूलो भइसकेको छ । साउथका स्टारहरुको चर्चा देश तथा विदेशमा पनि उत्तिकै बढ्दै गएको छ । साउथका सुपरस्टार प्रभासको फिल्म ‘बाहुबली’ ले विश्वभरबाट नै माया पायो । जसले गर्दा पनि साउथ फिल्मको दायरा बढ्दै गएको छ । प्रभासपछि अन्य स्टारका फिल्मले पनि अब विश्व बजार ओगट्न थालेको छ । त्यति मात्र होइन साउथका स्टारलाई आफ्नो फिल्ममा लिनका लागि बलिउडमा पनि प्रतिस्पर्धा सुरु भएको छ । प्रभासले बलिउडमा डेब्यू गरेर धमाका गरिसकेका छन् भने अन्य स्टारहरु पनि बलिउडमा आउने तयारी गरिरहेका छन् । 


समांथा प्रभु 
फिल्म ‘पुष्पा’ मा आइटम गीतमा नाँचेर लाइमलाइटमा छाएकी समांथा हिन्दी फिल्ममा पनि देखिने भएकी छन् । उनी बलिउड अभिनेत्री तापसी पन्नूसँग देखिने भएकी छन् । 



रश्मिका मंदाना
फिल्म ‘पुष्पा’ को सफलतामा रमाइरहेकी अभिनेत्री रश्मिका मंदाना बलिउडमा डेब्यू गर्दैछिन् । रश्मिका बलिउड अभिनेता सिद्धार्थ मल्होत्राको स्पाई थ्रिलर मिशन मजनबमा देखिने भएकी छन् । यसका साथै, उनी अमिताभ बच्चनसँग फिल्म ‘गुडबाय’ पनि देखिनेछिन् । 

विजय देवरकोंडा 
साउथका सफल स्टार विजय देवरकोंडाको फिल्म ‘लाइगर’ को हिन्दी भर्जन पनि बनाइने भएको छ । जसमा बलिउड अभिनेत्री अनन्या पाण्डे पनि देखिनेछिन् । फिल्मको प्रोड्युसर करण जौहर छन् । 

नागा चैतन्या 
अभिनेता नागा चैतन्या बलिउड अभिनेता आमिर खानको फिल्म ‘लाल सिंह चढ्डा’ मा देखिनेछन् । यो फिल्ममा खेल्नका लागि आमिर खानले नागालाई व्यक्तिगत रुपमा फोन गरेर अफर गरेका थिए । फिल्ममा बालाको भूमिकामा नागा देखिनेछन् । 

राशी खन्ना 
अभिनेत्री राशी खन्ना फिल्म ‘योद्दा’ नामक बलिउड फिल्ममा देखिनेछिन् । फिल्ममा सिद्धार्थ मल्होत्रा र दिशा पाटनीको पनि मुख्य भूमिका रहनेछ । 

साई श्रीनिवास 
तेलुगू अभिनेता साई पनि बलिउडमा डेब्यू गर्दैछन् । राजामौलीको फिल्म ‘छत्रपति’ को हिन्दी रिमेकमा काम गरिरहेका छन् । यो फिल्मको हिन्दी रिमेक ‘वीवी विनायक’ बन्दैछ जसमा उनी अभिनेताको रुपमा रहनेछन् । छत्रपतिमा प्रभासको मुख्य भूमिका थियो । 

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।