शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

धनगढीमा साथी मार्टको तेस्रो शाखा खुल्दै

शुक्रबार, ३० पुस २०७८, २० : ३८
शुक्रबार, ३० पुस २०७८

कैलालीको धनगढीमा साथी मार्टको तेस्रो शाखा सञ्चालनमा आउने भएको छ । धनगढी उपमहानगरपालिका–३ चटकपुरमा शनिबारदेखि धनगढीकै तेस्रो शाखाका रुपमा नयाँ शाखा सञ्चालनमा आउन लागेको हो ।

यो शाखा सञ्चालन भएसँगै सुदूरपश्चिम प्रदेशमा सो मार्टको चार शाखा हुनेछ । सञ्चालक प्रकाश शाहका अनुसार धनगढी–४ उत्तरबेहडी र धनगढी–३ मिलनचौकमा यस अघिनै शाखा विस्तार भइसकेको छ । सुदूरपश्चिम प्रदेशको दार्चुलामा पनि सो मार्टको शाखा छ ।

चटकपुरमा सञ्चालनमा आउन लागेको मार्टमा डेढ करोडको लगानी रहेको शुक्रबार पत्रकार सम्मेलनमा जानकारी दिइयो । सो शाखा शनिबार प्रदेशका वन तथा वातावरण मन्त्री मानबहादुर धामीले उद्घाटन गर्ने कार्यक्रम छ ।

देशभर मार्टका ९० वटा शाखा सञ्चालनमा छन् । भान्सामा चाहिने सम्पूर्ण सामान एकै छानामुनि रहेको बताउँदै शाहले एक पटक सेवाको मौका दिनसमेत आग्रह गरेका छन् ।

अबको एक वर्ष भित्र करिब दुई सय शाखा विस्तार गर्ने योजना रहेको मार्टले जनाएको छ । जसमध्ये सुदूरपश्चिममा २५ स्थानमा शाखा सञ्चालनको तयारी थालिएको समेत शाहले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप