शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

रेकर्ड स्थापित गर्ने चर्चित ‘कलरवाली’ बघिनीको मृत्यु

सोमबार, ०३ माघ २०७८, ११ : १६
सोमबार, ०३ माघ २०७८

मध्य प्रदेशको पेन्च नेशनल पार्कको ‘सुपर मम’ को मृत्यु भएको छ । कलरवाली बघिनीको नामले चर्चित यी बघिनीले सबैभन्दा धेरै डमरुलाई जन्म दिएकी थिई जो एक रेकर्ड हो । १७ वर्षकी बघिनी पछिल्लो तीन–चार दिनदेखि बिरामी थिई । उक्त बघिनीको शनिबार पेन्च नेशनल पार्कको जंगलमा मृत्यु भएको हो । नेशनल पार्कका अधिकारीको उपस्थितिमा बघिनीको अन्तिम संस्कार गरिएको छ ।

कलरवालीको नामले चर्चित बघिनीको मृत्युपछि मध्य प्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहान, गृहमन्त्री नरोत्तम मिश्रा र शिक्षामन्त्री विश्वास सारंगले ट्वीट गरेर दुःख जताउँदै श्रद्धाञ्जली दिएका छन् ।

यो बघिनीको जन्म पेन्च नेशनल पार्कमा सन् २००५ मा भएको थियो र सन् २००८ मा उसले पहिलो पटक डमरु जन्माएकी थिई । सन् २००८ देखि २०२१ सम्म बघिनी ८ पटक आमा बनी र उसले कूल २९ डमरुलाई जन्म दिई । कलरवाली बघिनीले अन्तिम पटक जनवरीमा सन् २०२१ मा तीन डमरुलाई जन्म दिएकी थिई । सन् २०११ मा यो बघिनीले एकैपटक पाँच डमरु जन्माएकी थिई  जुन आफैँमा दुर्लभ हो ।

पेन्च नेशनल पार्कमा यो बघिनीको घाँटीमा सबैभन्दा पहिलो यो कलर लगाइएको थियो । यसमार्फत् उसको गतिविधिमा निगरानी राखिने गर्दथ्यो । त्यतिबेलादेखि नै उसलाई कलरवाली बघिनीको नामले चिनिन्थ्यो । जनवरी सन् २०१९ मा आफ्ना डमरुलाई मुखले उचालेर लैजादैँ गरेको तस्बिर भइरल भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप