युक्रेनबारे गरेको टिप्पणीका कारण जर्मनीका जलसेना प्रमुखद्वारा राजीनामा
युक्रेनबारे गरेको टिप्पणीका कारणले जर्मनीको जलसेनाका प्रमुखले राजीनामा दिएका छन् । के एचिम स्कोनब्याचले रुसले युक्रेनमाथि हमला गर्छ भन्ने कुरा बकवास भएको बताउँदै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सम्मान मात्र चाहेको जिकिर गरेका थिए ।
शुक्रबार भारतमा थिंक ट्याङ्कहरूको बहसमा उनको सो कुरा बताएका थिए । उक्त छलफलको भिडियो सामाजिक सञ्जालमा प्रकाशित गरिएको थियो । भिडियोमा उनले पुटिनलाई पश्चिमा देशहरूले सम्मानको व्यवहार गर्नुपर्ने बताएका थिए । उनले सन् २०१४ मा रुसले आफूमा गाभेको क्रिमिया अब फिर्ता नहुने पनि जिकिर गरेका थिए । युक्रेनका विदेशमन्त्रीले उनको टिप्पणीप्रति आपत्ति जनाइसकेका छन् । विवाद बढेपछि स्कोनब्याचले शनिबार तत्काल लागू हुने गरी आफ्नो पदबाट राजीनामा दिएको जानकारी दिएका थिए ।
अमेरिका र बेलायतलगायतका देशले युक्रेनलाई हतियार सहयोग गरे पनि जर्मनीले हालसम्म हतियार पठाउने युक्रेनको आग्रहलाई स्वीकार गरेको छैन । रुसले पनि युक्रेनमाथि हमला गर्ने आफ्नो कुनै योजना नरहेको बताउँदै आएको छ । तर, राष्ट्रपति भ्लादिमिर पुटिनले रुसको सुरक्षालाई ध्यानमा राख्दै युक्रेनलाई नेटोमा आबद्ध हुन रोक्नुपर्ने माग गरेका छन् । नेटोले पूर्वी युरोपमा हतियार पठाउन रोक्नुपर्ने पनि उनको माग छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्व रक्तदाता दिवस : सुरक्षित र पर्याप्त रगत आपूर्तिमा अझै असमानता
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
किन आन्दोलित छन् झण्डै १३ हजार चिकित्सक ?
-
रास्वपा लुम्बिनी प्रदेश अधिवेशन : सभापतिका लागि पुनः मतदान हुने
-
‘झोर्ले हजुर’ मार्फत विष्णु माझीले दिइन् सर्प्राइज
-
हाइटीविरुद्ध पहिलो हाफमा स्कटल्यान्डलाई अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण