शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

होडिङबोर्डका फ्रेम तोडफोड गरेको आरोपमा तीन पक्राउ

मङ्गलबार, ११ माघ २०७८, २१ : २०
मङ्गलबार, ११ माघ २०७८

होडिङबोर्डका फ्रेम तोडफोड गरेको आरोपमा प्रहरीले आज इलामबाट तीनजनालाई पक्राउ गरेको छ । सूर्योदय नगरपालिका–७ कन्याममा राखिएका होडिङबोर्डमा प्रयोग गरिने फ्रेम तोडफोड गरेको भन्दै तीनजनालाई पक्राउ गरिएको हो । 

पक्राउ पर्नेमा सूर्योदय नगरपालिका–६ का २२ वर्षीय नरेश तामाङ र २२ वर्षीय अभिषेक तामाङ रहेका छन् । त्यस्तै माई नगरपालिका–१ का २२ वर्षीय रमेश बराइली रहेको इलाका प्रहरी कार्यालय पशुपतिनगरले जानकारी दिएको छ । 

गएराति ती फ्रेम तोडफोड गरेको सिसी टिभी क्यामेरामार्फत थाहा पाएर सोही भिडियोका आधारमा उनीहरुलाई पक्राउ गरिएको बताइएको छ । पक्राउ परेका व्यक्तिका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । कन्याम प्रदेश नं १ को पर्यटकीय नगरीका रूपमा परिचित छ । सोही ठाउँमा प्रयोग भएका र प्रयोग गर्न राखिएका विभिन्न होडिङबोर्डका फ्रेम तोडफोड गरेको बताइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप