शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

चिकित्सकमाथिको आक्रमणमा घुसपैठ भयो : जनमत पार्टी

बुधबार, १२ माघ २०७८, १७ : ४४
बुधबार, १२ माघ २०७८

महोत्तरीको प्रादेशिक अस्पताल जलेश्वरका मेडिकल सुपरटेन्डन्ट (मेसु) डा. सतीशकुमार साहमाथि भएको आक्रमणमा घुसपैठ भएको जनमत पार्टीले दाबी गरेको छ । जनकपुरको पिडारी चोकमा बुधबार मेसु साहमाथि राष्ट्रिय सभा सदस्य निर्वाचनको विरोध प्रदर्शनमा उत्रिएका सिके राउत नेतृत्वको जनमत पार्टीका नेता तथा कार्यकर्ताले आक्रमण गरेका थिए । बर्दिबास हिँडेका उनी सवार एक्कासि जनमतका कार्यकर्ताहरूले आक्रमण गरेको मेसु साहले बताएका थिए । 

आक्रमणमा परी साहको मुखमा आठवटा टाँका लगाएर उपचार गरिएको छ भने शरीरका विभिन्न भामा चोट लागेको छ । आफू स्वास्थ्यकर्मी भएको बताउँदा बताउँदै आफूमाथि सिके राउतका कार्यकर्ताले चिर्पट प्रहार गरेको साहले बताए । 

तर, डा.साहमाथि भएको आक्रमणमा घुसपैठ भएको जनमत पाटीका केन्द्रिय सदस्य सञ्जय स्वराजीले दाबी गरे  । डा.साहलाई लक्षित गरी आक्रमण नगरिएको उनको दाबी छ ।  जनमत पाटीको प्राणरक्षक चिकित्सकहरूमाथि आक्रमण गर्ने नीति छैन,’  नेता स्वराजीले भने, भूलबस वा जनमतको नाममा कोही घुसपैठ भएको हुनसक्छ ।’ 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप