सनराइज बैंकको १३ औं विस्तारित काउन्टर धनकुटामा
बिहीबार, १३ माघ २०७८, ११ : ५८
सनराइज बैंक लिमिटेडले धनकुटा जिल्लाको धनकुटा नगरपालिका वडा नं.५ मा अवस्थित करदाता सेवा कार्यालयको प्राङ्गणमा विस्तारित काउन्टर सेवाको सुरुवात गरेको छ । योसँगै सनराइज बैंकको विस्तारित काउन्टर सेवा संख्या १३ पुगेको छ ।
उक्त विस्तारित काउन्टर समुद्घाटन बैंकका १ नं. प्रदेश प्रमुख विवेककुमार निरौला, धनकुटा शाखाका प्रबन्धक दिनेश शर्मा अधिकारी र नगरपालिका प्रमुख प्रशासकिय अधिकृत रामबहादुर थापाले गरेका हुन् । कार्यक्रममा बैंकका कर्मचारी, स्थानीय उद्योगी तथा व्यवसायीहरुको उपस्थिति थियो ।
हालसम्म सनराइज बैंकले १३९ वटा शाखा, ८५ वटा शाखारहित बैंकिङ्ग सेवा, १३ वटा विस्तारित काउण्टर र १५८ वटा ए.टि.एम मार्फत आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अर्थमन्त्री पुनको उपस्थितिमा नेपाल र चीनबिच दुई सम्झौतामा हस्ताक्षर
-
प्रभु साह नेतृत्वको आजपा र समाजवादी जनएकता पाटीबिच एकता हुने
-
‘ठुल्दिदी’ निर्देशन गर्दै प्रज्ञा
-
कास्कीमा सवारी दुर्घटना : तीन महिनामा १३ जनाको मृत्यु
-
भयावह बन्दै आगलागी : हप्तामा एक हजार स्थानमा डढेलो, ३ वर्षमा ३२४ ले ज्यान गुमाए
-
न्युरोडबाट बरामद सुन र रकम सार्वजनिक, तस्बिरहरू