
सप्तरीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या तीन पुग्यो

कोरोनाको तेस्रो लहरमा सप्तरीमा मृत्यु हुनेको संख्या तीन पुगेको छ। रूपनी गाउँपालिका–१ की ७६ वर्षीया एक महिलाको कोरोना संक्रमणकै कारण १० माघमा मृत्यु भएको हो । योसँगै सप्तरीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या तीन पुगेको हो।
बिरामी भएपछि ती महिलालाई विराटनगरस्थित कोसी अस्पताल भर्ना गरिएको थियो । पीसीआर परीक्षण गराउँदा रिपोर्ट पोजेटिभ आएपछि उपचार अघि बढाइएको थियो । सोही क्रममा उनको अस्पतालमा मृत्यु भएको रूपनी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामनारायण यादवले बताए।
यसअघि विष्णुपुर गाउँपालिका(७ का एक पुरुष र रूपनी गाउँपालिका( १ कै एक महिलाको कोरोना संक्रमणकै कारण मृत्यु भइसकेको छ। सप्तरीमा बुधबार पीसीआरका लागि १७ जनाले स्वाब दिएकामध्ये १५ जनाको रिपोर्ट पोजेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख दुनियालाल यादवले बताए।
यो सँगै जिल्लामा कोरोना संक्रमितको संख्या दुई सय ९८ पुगेको छ। सबैको होम आइसोलेसनमा रहेको यादवको भनाइ छ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ