अभिनेता अमिताभ दयालको निधन
बुधबार, १९ माघ २०७८, १३ : ५५
मुम्बई । भारतीय अभिनेता अमिताभ दयालको निधन भएको छ । उनको बुधबार बिहान हृदयाघातका कारण निधन भएको हो । ६१ वर्षका दयालको निधन उनकी पत्नी मृणालिन्नी पाटिलले पुष्टि गरेकी छिन् ।
१७ जनवरीमा हृदयाघात भएपछि उनलाई मुम्बईको नानावटी अस्पतालमा भर्ना गरिएको थियो । आज पुनः हृदयाघात भएपछि निधन भएको हो ।
अमिताभ बच्चन, सञ्जय दत्त, जोन अब्राहमका साथ ‘विरुद्ध’ र ओमपुरी, नन्दिता दासका साथ ‘कगार’ जस्ता फिल्ममा अभिनय गरेका अमिताभको दुई सन्तान शिवम पाटिल र अमृता पाटिल छन् । उनको अन्तिम संस्कार मुम्बईमा गरिनेछ ।
छत्तीसगढको बिलासपुरमा जन्मिएका अमिताभले २००० मा मराठी निर्देशकसमेत रहेकी मृणालिन्नीसँग विवाह गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
समूह ‘जे’ का अन्तिम खेल सुरु, अर्जेन्टिना र जोर्डन तथा अल्जेरिया–अस्ट्रिया आमनेसामने
-
६ दशक पुरानको औद्योगिक सम्पत्ति ऐन संशोधन हुँदै, स्टार्टअप आइडियालाई कानुनी सुरक्षा
-
समूह ‘के’ बाट कोलम्बिया, पोर्चुगल र कङ्गो अन्तिम ३२ मा
-
डीआर कङ्गोले रच्यो इतिहास, पहिलोपटक विश्वकपकाे नकआउट चरणमा
-
गोलरहित बराबरीसँगै कोलम्बिया र पोर्चुगल नकआउट चरणमा
-
डीआर कङ्गोका चर्चित फुटबल समर्थकलाई अमेरिकी भिसा अस्वीकृत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण