लता मंगेशकरको पार्थिव शरीरमा शाहरुख खानले थुकेका हुन् त ? यस्तो छ वास्तविकता
लता मंगेशकरको अन्तिम संस्कारअघि मुम्बईको शिवाजी पार्कमा प्रधानमन्त्री नरेन्द्र मोदी र मुख्यमन्त्री उद्धव ठाकरेबाहेक राजनीति र फिल्मका थुप्रै चर्चित अनुहार श्रद्धाञ्जली दिन पुगे । यीमधये एक थिए शाहरुख खान । तर उनका विषयमा ट्वीटरमा ठूलो विवाद निम्तिएको छ ।
बिजेपी हरियाणाका आइटी सेलका प्रभावी अरुण यादवले ट्वीटले यो विवादलाई निम्त्याएको थियो । उनले श्रद्धाञ्जलि दिँदै गरेका शाहरुख खानको भिडियो सेयर गर्दै लेखे, ‘के शाहरुख खानले थुकेका हुन् ?’
क्या इसने थूका है ❓ pic.twitter.com/RZOa2NVM5I
— Arun Yadav (@beingarun28) February 6, 2022
शाहरुख त्यहाँ आफ्नी सेक्रेटरी पूजा ददलानीसँग पुगेका थिए । एकातिर शाहरुखका हात प्रार्थनाका लागि खुल्ला थिए भने पूजा ददलानीले हात जोडेर लतालाई अन्तिम श्रद्धाञ्जलि दिइरहेकी थिइन् । त्यसपछि शाहरुख खानले मास्क हटाएर फुके ।
उनले फुकेको कुरालाई थुकको नाम दिएर शाहरुखलाई मानिसले ट्रोल गर्न थाले । यद्यपि, अर्को एउटा तप्काले उनको र पूजा ददलानीको तस्बिरलाई भारतको वास्तविक अनुहार भनेर तारिफ पनि गरिरहेका थिए ।
यो विवादमा थुप्रै चर्चित अनुहार पनि होमिए र शाहरुखको आलोचना गर्न थाले । शिवसेनाकी राज्यसभा सांसद प्रियंका चतुर्वेदीले ट्वीट गरिन्, ‘केही मानिस न दुआका काबिल छन् न दयाका, उनीहरुलाई दवा (औषधी) को आवश्यकता छ, मनको विष नष्ट गर्नका लागि ।’
कुछ लोग ना दुआ के क़ाबिल हैं, ना दया के उनको सिर्फ़ दवा की ज़रूरत है,
— Priyanka Chaturvedi🇮🇳 (@priyankac19) February 7, 2022
मन के ज़हर को ख़त्म करने के लिए।
यस्तै, द वायरका संस्थापक वरिष्ठ पत्रकार सिद्धार्थ वरदराजनले लेखेका छन्, ‘यो घिनलाग्दो ट्वीट बिजेपीका एक अधिकारीको हो । यसमा अब कुनै शंका छैन कि समाजमा कस्ता मानिसले फोहोर विष फैलाइरहेका छन् । यदि अरुण यादव दुआसँग अनभिज्ञ छन् भन दवा गर्नुभन्दा अघि कसैलाई सोध्न सक्दथे ।’
This atrocious tweet is from a BJP office bearer. Let there be no doubt about which bunch of people is spreading filth and poison in society. If Arun Yadav is ignorant about a dua, he could have always asked someone before claiming @iamsrk spat. Kuch bhi. https://t.co/wGdShhLjno
— Siddharth (@svaradarajan) February 6, 2022
जफर सुरेशवालाले लेखेका छन्, ‘केही धर्मात्मा मानिस भारतको एकताको यो सुन्दर दृश्यलाई पचाउन सकिरहेका छैन । साँच्चै नै लता मंगेशकर ती व्यक्ति थिइन् जसले मानिसलाई जिउँदो हुँदा एकताको सूत्रमा बाँधिन् र मरेपछि पनि यस्तो गर्न जारी राखिन् । शाहरुख खान पनि यसैमध्ये एक हुन् ।’
Ishwar Allah tere naam,⁰sabko sanmati de bhagwan
— Rana Safvi رعنا राना (@iamrana) February 6, 2022
🙌🙌🙌 pic.twitter.com/qIckax0T9x
फिल्म निर्माता अशोक पण्डिले पनि शाहरुख खानको आलोचना गर्नेलाई जवाफ फर्काए । राणा सफवीले लेखेका छन्, ‘ईश्वर अल्लाह तेरो नाम, सबको सन्मति दे भगवान । ’कांग्रेसकी प्रवक्ता सुप्रिया श्रीनेत्रले पनि शाहरुख खानको पक्षमा ट्वीट गर्र्दै उनीमाथि प्रश्न उठाउनेहरुमाथि नै प्रश्न उठाइन् ।
You aren’t just a bigot but pure evil to twist a dua said in reverence of the departed soul to spread hatred.
— Supriya Shrinate (@SupriyaShrinate) February 6, 2022
Think about it people, will we let the evil win?#LataMangeshkar #ShahRukhKhan
रेडियो जकी सायमाले लेखेकी छिन्, ‘प्रार्थना गर्दा फुक्ने परम्परालाई थुक भन्नेहरुको सोच थुक्न लायक छ । यिनीहरु विष र घृणाको खेती गर्छन् ।’
दुआ की ‘फूंक’ को थूक कहने वालों की सोच थूकने लायक़ ही है।
— Sayema (@_sayema) February 6, 2022
ज़हर और नफ़रत की खेती करते हैं ये। pic.twitter.com/ou42gCwUpc
SRK didn't spit there. He blew, which is a common practice in Islam. Muslims do blow air from their mouth after reciting Ayats from Holy Quran.
— Rio the Gökbörü (@RedRanger3000) February 6, 2022
RWs are making issue out of nothing that too in the death of an eminent personality. #LataMangeshkar#ShivajiPark#ShahRukhKhan
Huge Respect for u @iamsrk sir !! #ShahRukhKhan 🥺❤️ pic.twitter.com/amAXzyKW1m
— Being_Aarohi (@Officialaarohi2) February 6, 2022
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
समूह ‘जे’ का अन्तिम खेल सुरु, अर्जेन्टिना र जोर्डन तथा अल्जेरिया–अस्ट्रिया आमनेसामने
-
६ दशक पुरानको औद्योगिक सम्पत्ति ऐन संशोधन हुँदै, स्टार्टअप आइडियालाई कानुनी सुरक्षा
-
समूह ‘के’ बाट कोलम्बिया, पोर्चुगल र कङ्गो अन्तिम ३२ मा
-
डीआर कङ्गोले रच्यो इतिहास, पहिलोपटक विश्वकपकाे नकआउट चरणमा
-
गोलरहित बराबरीसँगै कोलम्बिया र पोर्चुगल नकआउट चरणमा
-
डीआर कङ्गोका चर्चित फुटबल समर्थकलाई अमेरिकी भिसा अस्वीकृत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण