हलिउड प्रोजेटमा देखिँदै बलिउडमा यी ५ कलाकार
बलिउडमा राम्रो पहिचान बनाउन सफल प्रियंका चोपडा हलिउडमा पनि चर्चित छिन् । हलिउका धेरै ठुला प्रोजेक्टको हिस्सा रहेकी उनी अभिनेता एन्थोनी म्याकीसँग एक हलिउड फिल्ममा देखिँदैछन् । प्रियंकापछि हलिउड फिल्ममा अव केही बलिउड कलाकारलाई समेत देख्न पाइने भएको छ । ति कलाकारको चर्चा तल गर्न खोजिएको छ ।
सुनील शेट्टी : अभिनेता सुनील शेट्टी फिल्म कल सेन्टरबाट हलिउड अभिनयमा देखिन लागेका छन् । सत्यघटनामा आधारित रहेर निर्माण हुन लागेको फिल्ममा सुनिल सिख प्रहरीको भुमिका रहनेछन् । यस अगाडि सुनिले २००७ मा एक हलिउड फिल्ममा केमियो भुमिका निर्वाह गरेका थिए ।
पंकज त्रिपाठी : आफ्नो दमदार अभिनयले मानिसको मन जित्न सफल अभिनेता पंकज त्रिपाठी छिट्टै हलिउड फिल्ममा देखिँदैछन् । पंकज क्रिस हेम्सवर्थ र रणदीप हुन्डासँग एक फिल्ममा देखिएका पनि थिए ।
धनुष : साउथ फिल्मपछि बलिउड प्रवेश गरेका अभिनेता धुनष अव हलिउड प्रवेशको तयारीमा छन् । उनी नेटफ्लिक्समा प्रशारण हुने एक्सन थ्रिलर फिल्म ‘द ग्रे म्यानमा’ देखिने भएका हुन् ।
शोभिता धुलिपला : २.० जस्ता ठुला फिल्म अभिनय गरिसकेकी शोभिता धुलिपला छिट्टै हलिउड फिल्म ‘मन्की म्यान’मा देखिँदैछन् । नेटफ्लिक्समा रिलिज हुने फिल्ममा देव पटेल निर्देशनमा डेब्यु गर्दैछन् ।
ऋतिक रोशन : अभिनेता ऋतिक रोशन पनि हलिउड प्रोजेटमा देखिदैछन् । उनलाई हालै अमेरिकाको गेर्स एजेन्सी नामक ट्यालेन्ट कम्पनीले अनुबन्धित गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
समूह ‘जे’ का अन्तिम खेल सुरु, अर्जेन्टिना र जोर्डन तथा अल्जेरिया–अस्ट्रिया आमनेसामने
-
६ दशक पुरानको औद्योगिक सम्पत्ति ऐन संशोधन हुँदै, स्टार्टअप आइडियालाई कानुनी सुरक्षा
-
समूह ‘के’ बाट कोलम्बिया, पोर्चुगल र कङ्गो अन्तिम ३२ मा
-
डीआर कङ्गोले रच्यो इतिहास, पहिलोपटक विश्वकपकाे नकआउट चरणमा
-
गोलरहित बराबरीसँगै कोलम्बिया र पोर्चुगल नकआउट चरणमा
-
डीआर कङ्गोका चर्चित फुटबल समर्थकलाई अमेरिकी भिसा अस्वीकृत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण