आइतबार, १४ असार २०८३
ताजा लोकप्रिय

‘महाभारतका भीम’ प्रविण कुमारको निधन

मङ्गलबार, २५ माघ २०७८, १० : ५१
मङ्गलबार, २५ माघ २०७८

दुरदर्शनमा प्रसारित बिआर चोपडाको सिरियल महाभारतमा भीमको भूमिका निभाउने अभिनेता प्रविण कुमारको निधन भएको छ । उनी ७४ वर्षका थिए ।

महाभारत धारवाहिकबाहेक उनले अन्य थुप्रै धारावाहिक र बलिउड फिल्ममा पनि अभिनय गरेका थिए । फिल्ममा काम गर्नु अघि प्रविण एक खेलाडीसमेत थिए ।

बिरामी थिए प्रविणः

अघिल्लो वर्ष एक मिडियालाई दिएको अन्तरवार्तामा प्रविणले आफू लामो समयदेखि घरमा नै भएको बताएका थिए । स्वास्थ्य अवस्था ठिक नभएका कारण डाक्टरले पनि खानामा विभिन्न खालका प्रतिबन्ध लगाएको उनको भनाई थियो । उनले भनेका थिए, ‘मेरुदण्डमा पनि समस्या छ । मेरी श्रीमती विणाले मेरो हेरविचार गरिरहेकी छिन् । एक छोरा छन् जसको विवाह भइसकेको छ । अब उनीहरु मुम्बईमा बस्छन् ।’

उनको निधनमा धारावाहिकमा युधिष्ठिरको भूमिका निभाउने गजेन्द्र चौहानले ट्वीट गरेर शोक व्यक्त गरेका छन् । उनले लेखेका छन्, ‘आज बिहानै एक दुःखद समाचार पाएँ । मेरा महाभारतका भाइ प्रविण कुमारजीले हामी सबैलाई छोडेर अनन्त यात्रामा निस्किएका छन् । विश्वास लागिरहेको छैन । तपाईं सधैँ स्मरणमा रहिरहनु हुनेछ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप