आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

रामकृष्ण ढकालको ‘तिम्ले बोल्ने बोली’ मा खुश्बु

सोमबार, ०२ फागुन २०७८, १३ : ३५
सोमबार, ०२ फागुन २०७८

गायक रामकृष्ण ढकालको स्वरमा रहेको ‘तिम्ले बोल्ने बोली’ बोलको नयाँ गीत ‘सार्वजनिक भएको छ । ‘भ्यालेनटाइन डे’ को छेको पारेर सार्वजनिक गीतमा दीपक शर्माको संगीत र नेत्र कोइराला ‘आकाश’ को शब्द छ । 

प्रेमभाव बोल्ने गीतको भिडियोमा अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री खुश्बु खड्काले अभिनय छ । भिडियो सुव्रत आचार्यले निर्देशन गरेका हुन् । भिडियोमा दीपक एम सिंहको कोरियोग्राफी, उत्सव दाहालको छायाङकन छ । रामकुमार श्रेष्ठको सम्पादन रहेको गीतको एरेन्जर मोहित मुनाल हुन् ।

गायक रामकृष्ण ढकालले गीतको अडियो र भिडियो राम्रो बनेकाले दर्शकलाई मनपर्नेमा बताए । ‘तिम्ले बोल्ने बोली’ ले ‘भ्यालेनटाइन डे’ विशेष बनाउन सक्नेछ । या गीत मेरो लागि विशेष छ’ उनले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप