‘चिसो एस्ट्रे’को ‘बाबा पशुपति’ गीतसँगै सविन राईको कमब्याक
चैत ११ गतेबाट प्रदर्शन हुने फिल्म ‘चिसो एस्ट्रे’ को दोस्रो गीत ‘बाबा पशुपति’ सार्वजनिक भएको छ । गीतमा सविन राईको स्वर छ । पछिल्लो समय सांगीतिक दुनियाँबाट टाढा रहेका सविनले यही गीतबाट कमब्याक गरेका हुन् ।
गीतको कम्पोज र शब्द रोचक रहेकाले आफुले स्वर भरेको गायक राइले बताए । गीतमा संगीत अजर जंगम र शब्द दिनेश पाल्पालीले छ । दिनेश पाल्पालीको निर्देशन रहेको फिल्मको यसअघि ‘ड्रिम पाइरेसी’ बोलको गीत सार्वजनिक भएको थियो ।
कंगारु क्रिएसन र लोकल फिल्म संयुक्त ब्यानरमा निर्मित फिल्मलाई महेशबाबु तिमल्सिनाले प्रस्तुत गरेका हुन् । निर्माणमा भने महेशबाबुलाई प्रबिन स्याङ्बा र सुष्मिता पराजुलीले सघाएका छन् । फिल्मको सह–निर्मातामा भने रुपेश ढुंगाना, नविन ढुंगाना र सुजन खतिवडा रहेका छन् ।
फिल्ममा दिव्य देव, नवीन लम्साल, निकुन श्रेष्ठ, सुशील राज पाण्डे, रवीन तामाङ र सृष्टि श्रेष्ठ लगायत कलाकारको अभिनय छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जनभावना विपरीतकाे अभिव्यक्तिले पार्टीको रक्षा हुँदैन : पोखरेल
-
जेनजी आन्दोलनमा जलेको भन्दै गण्डकीले खर्च गरेको साढे ४ अर्बको लेखा परीक्षण भएन
-
बाढी र पहिरोले देशका मुख्य राजमार्गहरू अवरुद्ध : कहाँ-कहाँ रोकिए सवारी साधन?
-
युवतीलाई बिजुलीको पोलमा बाँधेर कालो मोसो दल्ने चार जना पक्राउ
-
कीर्तिमान भङ्ग गर्ने दाउमा २१ वर्षे युवा सनसनी गुलेर
-
रास्वपा कर्णाली प्रदेशको अधिवेशन सुरु हुँदै, सभापतिका आकाङ्क्षी चार जना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण