नेपाली शिक्षालाई नयाँ दिशा दिँदै केएफए

शिक्षा, तालिम र परामर्शमा आबद्ध केएफए बिजनेस स्कुलले प्रमाणित सुत्रहरुको प्रयोग गर्दै नेपाली शिक्षालाई नयाँ कार्यदिशा दिने आधार स्तम्भको निर्माण गरेको छ । आफ्नो नारा ‘भिजन वियोन्ड द बक्स’ लाई आत्मसाथ गर्दै नेपाली शिक्षा जगतमा विकसित मुलुकमा प्रमाणित विभिन्न नयाँ अध्ययन विधि लागू गर्दै आएको छ, जसलाई पिलर अर्थात् स्तम्भ नामकरण गरिएको हो ।
यहाँ पढाई हुने एमबिए प्लसमा १२ पिलर छन् । बिएचएममा १० पिलर छन् । यस्तै, यसै वर्षदेखि शुरुवात हुन लागेको बिसिएस आईटीमा पनि ९ पिलर राखिएको छ । यी सबै पिलरको उद्देश्य शैक्षिक पाठ्यक्रमबाहेक अरु सीप र अवसर प्रदान गर्नु हो । जसले विद्यार्थीहरुको समग्र विकासमा सहयोग पुर्याइ काम र शिक्षा बीचको सीपको अन्तर कम गर्न भूमिका खेल्ने केएफएका प्रमुख कार्यकारी अधिकृत (सिईओ) किश्लय झाको दाबी छ । व्यावसायिक तालिम र परामर्शका आधारमा स्तम्भको निर्माण गरिएको उनी बताउछन् ।
एमबिए अन्तर्गत एकैपटकमा दुई शिक्षकले पढाउने, विद्यार्थीको क्षमता पहिचान गरि त्यही अनुरुपको करियरमा लाग्न प्रोत्साहित गर्ने, विद्यार्थीकै अग्रसरतामा प्लेसमेन्ट सेल संचालन गर्ने, कर्पोरेटलाई नजिकबाट नियाल्ने अवसर यसमा रहेको छ । यस्तै, बिएचएममा सैद्धान्तिक र प्रयोगात्मक शिक्षासँगै लैजाने, सीपमूलक तालिम, वास्तविक अनुभवका लागि ठुला होटेलमा लैजाने, काम गर्ने अवसर प्रदान गर्ने जस्ता महत्वपुर्ण पिलर रहेका छन् ।
भर्चुअल अफिस स्थापना गरी नेटवर्क र सेक्युरिटी सिक्ने, कम्पनीमै गएर स्थलगत अनुभव लिने, साइबर सुरक्षाको क्षेत्रमा अपडेटेडका लागि तालिम प्रदान गर्ने, व्यवस्थापन अन्य पिलरले बिसिएस आइटी पनि आकर्षक बनेको छ । एमबिए, बिएचएम वा बिसिएस आईटीका लागि एडमिसन गर्न सकिन्छ । कोभिडले पारेको प्रभावलाई मध्यनजर गर्दै कोभिड विशेष छुटका साथै छात्रवृत्तिको पनि व्यस्था गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमृत साइन्स क्याम्पसमा चैत १८ गते स्ववियु निर्वाचन हुने
-
‘सरकार र राष्ट्र बैंकले व्यावसायिक गतिविधि चलायमान हुने नीतिगत व्यवस्था गरे अर्थतन्त्रमा सुधार हुन्छ’
-
एपीएफले लगातार दोस्रो जित निकाल्दा कोशी प्रदेशको सुखद् शुरुवात
-
ओलीको कटाक्षः सरकारलाई सुझाव दिनु भैँसीलाई बिन बजाएजस्तै हो
-
कर्णालीका मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक : कसको कति ?
-
आन्दोलनरत पक्षलाई वार्तामा बोलाउन र मृतकलाई सहिद घोषणा गर्न माओवादीको माग