राजेश र निरुताको ‘हजुर मुसुक्कै’ युट्युब ट्रेन्डिङमा
बिहीबार, ०५ फागुन २०७८, १३ : ०३
महानायक राजेश हमाल र अभिनेत्री निरुता सिंह अभिनित गीत ‘हजुर मुसुक्कै’को भिडियो युट्युव ट्रेन्डिङमा पर्न सफल भएको छ । १३ फेब्रुअरीमा युट्युबमा अपलोड भएको गीतले समाचार तयार गर्दासम्म करिव १२ लाख भिउज पाउदै युट्युब ट्रेन्डिङको दोस्रो स्थान कब्जा गर्न सफल भएको हो ।
सुरेश अधिकारीको शब्द तथा संगीत रहेको गीतमा गायिका रचना रिमाल र गायक कृष्ण बिकको स्वर छ । १५ मिनेट लामो गीतको भिडियोमा गीति कथामा बुनिएको छ । जिबी आग्रीको कथा, पटकथा एवं निर्देशन रहेको भिडियोमा छायांकन संजय लामा र नृत्य निर्देशन कविराज गहतराजको छ ।
आकर्षक शैलीमा निर्माण भएको भिडियो प्रिन्स विश्वकर्मा, प्रियना आचार्य, सुरविर पण्डित लगायत कलाकारको समेत अभिनय देख्न सकिन्छ । राजेश र निरुताले १२ बर्षपछि यो भिडियोमा एकसाथ काम गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जनभावना विपरीतकाे अभिव्यक्तिले पार्टीको रक्षा हुँदैन : पोखरेल
-
जेनजी आन्दोलनमा जलेको भन्दै गण्डकीले खर्च गरेको साढे ४ अर्बको लेखा परीक्षण भएन
-
बाढी र पहिरोले देशका मुख्य राजमार्गहरू अवरुद्ध : कहाँ-कहाँ रोकिए सवारी साधन?
-
युवतीलाई बिजुलीको पोलमा बाँधेर कालो मोसो दल्ने चार जना पक्राउ
-
कीर्तिमान भङ्ग गर्ने दाउमा २१ वर्षे युवा सनसनी गुलेर
-
रास्वपा कर्णाली प्रदेशको अधिवेशन सुरु हुँदै, सभापतिका आकाङ्क्षी चार जना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण