रक्सी खाएर गाडी चलाएको आरोपमा नायिका पक्राउ
शनिबार, ०७ फागुन २०७८, ०९ : १२
तामिल र तेलुगू चलचित्रकी अभिनेत्रीलाई प्रहरीले पक्राउ गरेको छ । उनमाथि रक्सी खाएर गाडी चलाएको र ड्युटीमा बसेको प्रहरीलाई दुर्व्यवहार गरेको आरोप छ ।
उनले दुर्घटना गराएकी थिइन् जसमा एक जना व्यक्ति घाइतेसमेत भएका थिए । तर नायिकाले उल्टै प्रहरीलाई अभद्र व्यवहार गरेकी थिइन् । उनले प्रहरीमाथि हातपात र गाली गलौज गरेको आरोप लगाइएको छ । अदालतले उनलाई न्यायिक हिरासतमा पठाएको छ ।
महाराष्ट्रमा जन्मेकी काव्या धेरै दक्षिण भारतीय चलचित्रमा देखिन्छिन् । ठाकुर कलेज अफ साइन्स एन्ड कमर्सबाट ग्राजुएसन गरेकी उनले त्यसपछि चलचित्रमा पाइला टेकेकी थिइन् । उनले तत्काल नामक चलचित्रबाट डेब्यु गरेकी थिइन् । पछिल्लो पटक उनी तेलुगू चलचित्र इ माया पेरिमेतोमा देखिएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
समूह ‘जे’ का अन्तिम खेल सुरु, अर्जेन्टिना र जोर्डन तथा अल्जेरिया–अस्ट्रिया आमनेसामने
-
६ दशक पुरानको औद्योगिक सम्पत्ति ऐन संशोधन हुँदै, स्टार्टअप आइडियालाई कानुनी सुरक्षा
-
समूह ‘के’ बाट कोलम्बिया, पोर्चुगल र कङ्गो अन्तिम ३२ मा
-
डीआर कङ्गोले रच्यो इतिहास, पहिलोपटक विश्वकपकाे नकआउट चरणमा
-
गोलरहित बराबरीसँगै कोलम्बिया र पोर्चुगल नकआउट चरणमा
-
डीआर कङ्गोका चर्चित फुटबल समर्थकलाई अमेरिकी भिसा अस्वीकृत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण