किरण र नागेन्द्रले ल्याए ‘लौन के गरौँ’
आइतबार, ०८ फागुन २०७८, ११ : ४२
साहित्यकार किरण पल्पसा र संगीतकार नागेन्द्र श्रेष्ठको सहकार्यमा गीत ‘लौन के गरौँ’ सार्वजनिक भएको छ । अमेरिकामा बसेर पनि नेपाली कला, साहित्य र संगीतको प्रवर्द्धनमा लागि परिरहेकी साहित्यकार किरणको यो गीतमा गायिका रचना रिमालको स्वर तथा राहुल प्रधानको संगीत संयोजन छ ।
भिडियोमा सिरियल हल्का रमाइलोकी कलाकार इस्टु कार्की ‘नेप्टी’ र प्रवीण डिसीको रोमान्स देख्न सकिन्छ । भिडियोले एक प्रेमी जोडीको कहानी देखाउन खोजेको छ । जसबहादुर याक्खाको निर्देशन रहेको भिडियोमा दीपक गिरीको छायांकन, सञ्जु चौधरीको नृत्य छ । गीत दर्शक श्रोताले रुचीमा पर्नेमा आफु विश्वस्त रहेको संगीतकार श्रेष्ठले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जनभावना विपरीतकाे अभिव्यक्तिले पार्टीको रक्षा हुँदैन : पोखरेल
-
जेनजी आन्दोलनमा जलेको भन्दै गण्डकीले खर्च गरेको साढे ४ अर्बको लेखा परीक्षण भएन
-
बाढी र पहिरोले देशका मुख्य राजमार्गहरू अवरुद्ध : कहाँ-कहाँ रोकिए सवारी साधन?
-
युवतीलाई बिजुलीको पोलमा बाँधेर कालो मोसो दल्ने चार जना पक्राउ
-
कीर्तिमान भङ्ग गर्ने दाउमा २१ वर्षे युवा सनसनी गुलेर
-
रास्वपा कर्णाली प्रदेशको अधिवेशन सुरु हुँदै, सभापतिका आकाङ्क्षी चार जना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण