आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

भुपेन्द्र र रेखाको ‘बुहारी चाहियो घर’ सार्वजनिक

आइतबार, ०८ फागुन २०७८, १३ : ३७
आइतबार, ०८ फागुन २०७८

गायक भुपेन्द्र सिंह र गायिका रेखा जोशीको स्वर रहेको गीत ‘बुहारी चाहियो घर’ सार्वजनिक भएको छ । गायक सिंहकै शब्द तथा जीवन बडूको संगीत रहेको गीतमा संगीत संयोजन भुवन बडुले गरेका छन् । गीतको भिडियोमा जयन्द्र साउद, स्मारिका ढकाल, श्वेता भण्डारी, बालकलाकार आयुसी ढकाल, जेबिन/जेनिस श्रेष्ठ, आदित्य भण्डारीको अभिनय देख्न सकिन्छ ।

इन्जोय मिडियाको प्रस्तुति रहेको भिडियोको निर्देशन तथा कोरियोग्राफी सुरेन बसेलले गरेका हुन् । घरमा बुहारी चाहियो भनेर बा आमाले भनेपछि छोरो बुहारीको खोजीमा केटी खोज्दै हिँडेको कथा भिडियोले देखाउन खोजेको छ । भिडियोमा छायाङ्कन निरज कँडेल, सम्पादन निराजन केसीको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप