आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

नेपाल आइडल छोड्दै आसिफ

सोमबार, ०९ फागुन २०७८, १५ : ४६
सोमबार, ०९ फागुन २०७८

गायन रियालिटी शो नेपाल आइडलको प्रस्तोता आसिफ शाहले शो छोड्ने भएका छन् । उनले अर्को सिजनबाट आफू शोमा नरहने बताएका हुन् ।
आइडल दोस्रो सिजनदेखि कार्यक्रम प्रस्तोताको रुपमा देखिँदै आएका उनले सामाजिक संजालमा एक स्टाटस पोष्ट गर्दै आगामी सिजनबाट आफू नरहने जनाएका छन् । आइडलको अहिले चौथो सिजन चलिरहेको छ । यो सिजन यादगार बनाउने कोसिस आफ्नो रहेको समेत उनको भनाइ छ ।

उनले तस्बिरका साथ लेखेका छन् ‘हरेक यात्रा जतिसुकै रोचक किन नहोस्, अन्त्य अवश्य हुन्छ । नेपाल आइडलको मेरो यात्रा पनि अब यही सिजनसम्मको छ । यसलाई सकेसम्म यादगार बनाउने कोसिसमा छु ।’
दोस्रो सिजनमा सुशील नेपालले छोडेपछि रीमा विश्वकर्मासँग जोडी बाँधेर होस्टको रुपमा भित्रिएका उनी ३ र ४ मा माम्पी घोष र रेश्मा घिमिरेसँग देखिएका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप