स्वर्गीय कलाकार जयनन्द लामाको यस्तो छ अन्तिम गीत
लोकप्रिय गायक तथा कलाकार जयनन्द लामाको बुधबार असामयिक निधन भएको छ । उनको निधनले नेपाली कलाकारिता क्षेत्रमा शोक छाएको छ । सामाजिक सञ्जाल मार्फत थुप्रै कलाकारहरुले उनी प्रति श्रद्धाञ्जली अर्पण गरिरहेका देख्न सकिन्छ ।
यस्तै केही साता अगाडि मात्र स्वर्गीय लामाको पछिल्लो गीत ‘महाभार लेकको जंगलमा याला’ सार्वजनिक भएको थियो । लामाले करिब दुई दशकपछि यो गीत दर्शक तथा श्रोतामाझ ल्याएका थिए ।
लामाकै शब्द तथा संगीत रहेको लोक गीतमा उनलाई गायिका दीपा लामाले साथ दिएकी छिन् । उक्त गति स्वर्गीय लामाले ३०÷४० वर्षअघि नै संकलन गरेको थिएँ । जुन पहाडी र हिमाली क्षेत्रमा बस्ने सम्पूर्ण नेपालीको पुरानो र मौलिक परम्परागत गीत हो ।
‘यो कुनै जात विशेषको गीत नभई ती भेकमा हरेक चाड पर्वमा पुर्खादेखि अहिलेसम्म पनि नाच्दै गाइने गीत हो’ गीत सार्वजनिकको समय गायक लामाले भनेका थिए
।
पाँच दशकदेखि गायनमा सक्रिय लामाका लोक गीत, दोहोरी गीत, गीति नाटक गरी दुई सय बढी गीत गाएका लामाले पछिल्लो हल्का रमाइलो लगायत बिभिन्न सिरियल तथा फिल्ममा पनि अभिनय गर्दै आएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जनभावना विपरीतकाे अभिव्यक्तिले पार्टीको रक्षा हुँदैन : पोखरेल
-
जेनजी आन्दोलनमा जलेको भन्दै गण्डकीले खर्च गरेको साढे ४ अर्बको लेखा परीक्षण भएन
-
बाढी र पहिरोले देशका मुख्य राजमार्गहरू अवरुद्ध : कहाँ-कहाँ रोकिए सवारी साधन?
-
युवतीलाई बिजुलीको पोलमा बाँधेर कालो मोसो दल्ने चार जना पक्राउ
-
कीर्तिमान भङ्ग गर्ने दाउमा २१ वर्षे युवा सनसनी गुलेर
-
रास्वपा कर्णाली प्रदेशको अधिवेशन सुरु हुँदै, सभापतिका आकाङ्क्षी चार जना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण