गायक डिजराजको नयाँ गीत 'झिल्केले म्वाई खाला' सार्वजनिक
बुधबार, ११ फागुन २०७८, ११ : ४९
गायक डिजराज पौडेलको 'झिल्केले म्वाई खाला' बोलको नयाँ गीत सार्वजनिक भएको छ। ओएसआर डिजिटल मार्फत् बजारमा आएको गीतमा शब्द सानु तिवारीको रहेको छ। गीतमा स्वर र संगीत डिजराज पौडेलको छ भने एरेन्ज एनबि चाम्लिङको रहेको छ।
गीतको भिडियोलाई कपिल कार्कीले निर्देशन गरेका छन्। गीतमा आर्यन राई र सिम्रन कार्कीको अभिनय देख्न सकिन्छ। गायक पौडेलका 'तिमी आउने बाटोमा', सुनैको दर्बार, चौका परेपछि, तिमी करोडमा म त रोडमा, चाइना घुमौँला मोटर गाडीमा जस्ता गीतहरु लोकप्रिय रहेका छन्।
पौडेलले फरक जनराको भए पनि झिल्केले म्वाई खाला गीतले पनि दर्शक स्रोताको मन जित्ने विश्वास व्यक्त गरेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जनभावना विपरीतकाे अभिव्यक्तिले पार्टीको रक्षा हुँदैन : पोखरेल
-
जेनजी आन्दोलनमा जलेको भन्दै गण्डकीले खर्च गरेको साढे ४ अर्बको लेखा परीक्षण भएन
-
बाढी र पहिरोले देशका मुख्य राजमार्गहरू अवरुद्ध : कहाँ-कहाँ रोकिए सवारी साधन?
-
युवतीलाई बिजुलीको पोलमा बाँधेर कालो मोसो दल्ने चार जना पक्राउ
-
कीर्तिमान भङ्ग गर्ने दाउमा २१ वर्षे युवा सनसनी गुलेर
-
रास्वपा कर्णाली प्रदेशको अधिवेशन सुरु हुँदै, सभापतिका आकाङ्क्षी चार जना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण