गीतकार उपाध्यायले बाँडे चेपाङ बस्तीमा लत्ताकपडा
बिहीबार, १२ फागुन २०७८, ११ : १९
कीर्तिमानी गीतकार तथा साहित्यकार डा.डीआर उपाध्यायले चितवनको चेपाङ बस्तीमा लत्ताकपडा वितरण गरेका छन् । उनले चेपाङ पत्रकार नेपोलियन चेपाङको गाउँ रहेको जिमलिङ चौताराका ५५ घर परिवारलाई बुधबार लत्ता कपडा बितरण गरेका हुन् ।
साहित्यकार उपाध्यायले डीआर म्युजिक क्रियशनद्वारा लता कपडा वितरण गर्नुको अलवा खाना समेत खुवाएका छन् । जागरण सम्बन्धी एक गीत छायाङ्कनमा उपाध्याय त्यहाँ पुगेका थिए । पिछडिएको चेपाङ समुदायका विषयमा गीत लेखिएको भएकोले छायाङ्कनका लागि आफु त्यहाँ पुगेको उपाध्यायले बताए ।
पत्नी सुनिता खनाल, पत्रकार कृष्ण भुसाल, निर्देशक माइकल चन्द, छायाँकार उत्सव दाहाल, कलाकार नम्रता अर्याल लगायतसहित उपाध्यक्ष चेपाङ बस्ती पुगेका हुन् । चेपाङका विविध समस्या र समाधानसम्बन्धी गीत भिडियो सहित चाडै नै श्रोता/दर्शकमाझ ल्याउने डा.उपाध्यायले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जनभावना विपरीतकाे अभिव्यक्तिले पार्टीको रक्षा हुँदैन : पोखरेल
-
जेनजी आन्दोलनमा जलेको भन्दै गण्डकीले खर्च गरेको साढे ४ अर्बको लेखा परीक्षण भएन
-
बाढी र पहिरोले देशका मुख्य राजमार्गहरू अवरुद्ध : कहाँ-कहाँ रोकिए सवारी साधन?
-
युवतीलाई बिजुलीको पोलमा बाँधेर कालो मोसो दल्ने चार जना पक्राउ
-
कीर्तिमान भङ्ग गर्ने दाउमा २१ वर्षे युवा सनसनी गुलेर
-
रास्वपा कर्णाली प्रदेशको अधिवेशन सुरु हुँदै, सभापतिका आकाङ्क्षी चार जना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण