गजलसंग्रह ‘मञ्जरी’ सार्वजनिक
बिहीबार, १२ फागुन २०७८, १४ : २२
स्रष्टा ज्ञान्दरी कैनीको गजलसंग्रह ‘मञ्जरी’ सार्वजनिक भएको छ । आफ्नो जन्मदिनको अवसर पारेर कैनीले गजलसंग्रह सार्वजनिक गरेकी हुन् । संग्रहमा ‘मदिराले आज’, ‘सागरको छाल जस्तै’, ‘मनमोहनी’ र ‘सिंगो रात’
जस्ता गजल समेटिएको छ ।
एल्बममा समावेश गीतमा सत्यराज आचार्य, मिलन नेवार, सागर अधिकारी ‘शरद’ र निशा देसारको स्वर छ, भने सागर अधिकारीको एकल संगीत, शाहस शाक्य तथा संजय श्रीपालकोे संगीत संयोजन छ । एल्बममा सहभागी गजल मध्य दुई गीतको भिडियो बनेको छ । शुरेन बस्यालको निर्देशन रहेको भिडियोमा केकी अधिकारी, प्रिन्स विश्वकर्मा, महेश खड्का, रवीना केसी र शिला गजुरेलको अभिनय देख्न सकिन्छ ।
उत्सव दाहालको छायांकन, विकास दाहालको सम्पादन छ । २०४७ सालदेखि गीत, गजल, मुक्तक, लघुकथा, हाइकु लेखनमा कैनीको सक्रियता रहँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जनभावना विपरीतकाे अभिव्यक्तिले पार्टीको रक्षा हुँदैन : पोखरेल
-
जेनजी आन्दोलनमा जलेको भन्दै गण्डकीले खर्च गरेको साढे ४ अर्बको लेखा परीक्षण भएन
-
बाढी र पहिरोले देशका मुख्य राजमार्गहरू अवरुद्ध : कहाँ-कहाँ रोकिए सवारी साधन?
-
युवतीलाई बिजुलीको पोलमा बाँधेर कालो मोसो दल्ने चार जना पक्राउ
-
कीर्तिमान भङ्ग गर्ने दाउमा २१ वर्षे युवा सनसनी गुलेर
-
रास्वपा कर्णाली प्रदेशको अधिवेशन सुरु हुँदै, सभापतिका आकाङ्क्षी चार जना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण