‘सुदूरपश्चिम प्रादेशिक महोत्सव’ मा गायक बद्री पंगेनी नजाने
‘सुदूरपश्चिम प्रादेशिक महोत्सव’ मा लोकगायक बद्री पंगेनी पनि सहभागी नहुने भएका छन् । महोत्सवमा सुदूरपश्चिमको मौलिक लोक संस्कृति र स्थानीयले प्राथमिकता पाउनुपर्छ भन्ने आवाज प्रति ऐक्यबद्धता एवम् समर्थन जनाउँदै उनले सहभागी नहुने निर्णय गरेका हुन् ।
स्थानीय कलाकारको गुनासो र उनीहरुको माग सम्बोधन गर्दै आफु महोत्सवमा सहभागी नहुने निर्णय गरेको गायक बद्री पंगेनीले बताए । ‘अहिले स्थानीयस्तरमा जहाँ महोत्सवको आयोजना हुन्छ । त्यहाँ स्थानीय कलाकारले प्रथामिकता पाउनुपर्छ भन्ने आवाज उठ्दै आएको छ’ पंगेनीले भने ‘स्थानीयले प्रथामिकता पाउनुपर्छ भन्ने मेरो पनि माग हो । त्यसैले महोत्सवमा मैले नजाने निर्णय गरे ।’ स्थानीय महोत्सवमा स्थानीय कलाकारले प्रथामिकता पाउनु राम्रो कुरो हो भएको बद्रीको भनाई रहेको छ ।
अत्तरिया उद्योग बाणिज्य संघको आयोजनामा महोत्सव आज अर्थात १३ देखि २५ फागुनसम्म आयोजना हुँदैछ । अत्तरिया पूर्व रोडमा रहेको खुल्ला स्थानमा आयोजना भएको महोत्सवमा १ लाख बढी मानिसको सहभागिता रहने आयोजकको दाबी छ । महोत्सवमा देशका केही चर्चित कलाकारको अलवा सुदूरपश्चिमका स्थानीय कलाकारले प्रस्तुति दिनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जनभावना विपरीतकाे अभिव्यक्तिले पार्टीको रक्षा हुँदैन : पोखरेल
-
जेनजी आन्दोलनमा जलेको भन्दै गण्डकीले खर्च गरेको साढे ४ अर्बको लेखा परीक्षण भएन
-
बाढी र पहिरोले देशका मुख्य राजमार्गहरू अवरुद्ध : कहाँ-कहाँ रोकिए सवारी साधन?
-
युवतीलाई बिजुलीको पोलमा बाँधेर कालो मोसो दल्ने चार जना पक्राउ
-
कीर्तिमान भङ्ग गर्ने दाउमा २१ वर्षे युवा सनसनी गुलेर
-
रास्वपा कर्णाली प्रदेशको अधिवेशन सुरु हुँदै, सभापतिका आकाङ्क्षी चार जना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण