आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

‘सुदूरपश्चिम प्रादेशिक महोत्सव’ मा गायक बद्री पंगेनी नजाने

शुक्रबार, १३ फागुन २०७८, १७ : ५१
शुक्रबार, १३ फागुन २०७८

‘सुदूरपश्चिम प्रादेशिक महोत्सव’ मा लोकगायक बद्री पंगेनी पनि सहभागी नहुने भएका छन् । महोत्सवमा सुदूरपश्चिमको मौलिक लोक संस्कृति र स्थानीयले प्राथमिकता पाउनुपर्छ भन्ने आवाज प्रति ऐक्यबद्धता एवम् समर्थन जनाउँदै उनले सहभागी नहुने निर्णय गरेका हुन् ।

स्थानीय कलाकारको गुनासो र उनीहरुको माग सम्बोधन गर्दै आफु महोत्सवमा सहभागी नहुने निर्णय गरेको गायक बद्री पंगेनीले बताए । ‘अहिले स्थानीयस्तरमा जहाँ महोत्सवको आयोजना हुन्छ । त्यहाँ स्थानीय कलाकारले प्रथामिकता पाउनुपर्छ भन्ने आवाज उठ्दै आएको छ’ पंगेनीले भने ‘स्थानीयले प्रथामिकता पाउनुपर्छ भन्ने मेरो पनि माग हो । त्यसैले महोत्सवमा मैले नजाने निर्णय गरे ।’ स्थानीय महोत्सवमा स्थानीय कलाकारले प्रथामिकता पाउनु राम्रो कुरो हो भएको बद्रीको भनाई रहेको छ ।

अत्तरिया उद्योग बाणिज्य संघको आयोजनामा महोत्सव आज अर्थात १३ देखि २५ फागुनसम्म आयोजना हुँदैछ । अत्तरिया पूर्व रोडमा रहेको खुल्ला स्थानमा आयोजना भएको महोत्सवमा १ लाख बढी मानिसको सहभागिता रहने आयोजकको दाबी छ । महोत्सवमा देशका केही चर्चित कलाकारको अलवा सुदूरपश्चिमका स्थानीय कलाकारले प्रस्तुति दिनेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप