गायक पाण्डेको एक सर्को दुनियाँ अर्को सार्वजनिक
गायक संगीतकार एवम् गीतकार विकास पाण्डेको एक सर्को दुनियाँ अर्को म्युजिक भिडियो आज सार्वजनिक गरिएको छ । वन एमबी प्लस नामक युट्यूब च्यानलबाट सो भिडियो सार्वजनिक भएको हो ।
पाण्डेकै शब्द , संगीत र स्वरमा रहेको उक्त गीतको म्युजिक भिडियो बीएस मेकर टिमले निर्माण गरेको हो भने सावन शर्माले भिडियोलाई निर्देशन गरेका हुन् । सिनेम्याट्रोग्राफी तथा सम्पादन विकास गुरुङले गरेका हुन भने भिडियोको मिक्सिङ तथा एरेन्ज अमृत ल्वागुनले गरेका छन् । आप्पिया म्युजिक रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गीतको भिडियोमा टिम युएसडी र केजी बी बोइजको अभिनय रहेको छ ।
पाण्डेले हरेक वर्ष शिवरात्री पर्वलाई लक्षित गरी म्युजिक भिडियो सार्वजनिक गर्दै आएका छन् । अघिल्लो वर्ष पाण्डेको शिव दाइको चिलिमलाई दर्शकले निकै रुचाएका थिए । अग्रज पत्रकार गिरिजा अधिकारीको शब्दमा रहेको ए सरकार, ए सरकार दुईमा संगीत भरेका छन् । उनले हाँसेकै छैन, झिमझिम झिमकाई परेली, बेबी आइलभयु, जुन भनुँ तिमिलाईलगायतका चर्तित गीतमा संगीत भरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जनभावना विपरीतकाे अभिव्यक्तिले पार्टीको रक्षा हुँदैन : पोखरेल
-
जेनजी आन्दोलनमा जलेको भन्दै गण्डकीले खर्च गरेको साढे ४ अर्बको लेखा परीक्षण भएन
-
बाढी र पहिरोले देशका मुख्य राजमार्गहरू अवरुद्ध : कहाँ-कहाँ रोकिए सवारी साधन?
-
युवतीलाई बिजुलीको पोलमा बाँधेर कालो मोसो दल्ने चार जना पक्राउ
-
कीर्तिमान भङ्ग गर्ने दाउमा २१ वर्षे युवा सनसनी गुलेर
-
रास्वपा कर्णाली प्रदेशको अधिवेशन सुरु हुँदै, सभापतिका आकाङ्क्षी चार जना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण