ललितपुरमा ‘अपटाउन म्युजिक फेस्टिभल’ हुने
अपटाउनको प्रस्तुतिमा नेपालमै पहिलोपटक ‘अपटाउन म्युजिक फेस्टिभल’ आयोजना हुने भएको छ । फेस्टिभल आगामी शुक्रबार अर्थात् २० फागुनमा ललितपुरको झम्सिखेलमा हुन लागेको हो ।
पीभीई नेटवर्क एक्सक्लुसिभ पार्टनर रहेको फेस्टिभलमा दीपक बज्राचार्य, सबिन राई एण्ड द फरोह, नवीन के भट्टराई एण्ड अतृप्त, कालीप्रसाद बास्कोटा, आर्को मुखर्जी कलेक्टिभ र रविन एण्ड द न्यू रिभोल्युसनको विशेष सांगीतिक प्रस्तुति रहने आयोजकले जनाएको छ ।
यसबाहेक हरी महर्जन प्रोजेक्ट, बिजेन, बलेन, द ब्रिज, द इलिमेन्ट्स, कान्ता डब डब र रचना दाहालको अभिनय रहनेछ । उनीहरूबाहेक रिदम सङ्स, एलएसडी, ट्राई टोन, द सोल नेपाल, कंक्रिट जंगल, द हाइ सिक्स एण्ड बी फ्ल्याट र अडियो स्क्वाडले पनि प्रस्तुति दिनेछन् ।
आरोन, डेञ्जोङ, मोनिका, रेसेस र मनिकको पनि प्रस्तुति रहने बताइएको फेस्टिबलमा तीन भिन्न देशका करिब २६ कलाकारको समेत सहभागिता रहनेछ । गायक दीपक बज्राचार्यले शुभारम्भ गर्ने फेस्टिभलमा दर्शक निःशुल्क प्रवेश गर्न पाउनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जनभावना विपरीतकाे अभिव्यक्तिले पार्टीको रक्षा हुँदैन : पोखरेल
-
जेनजी आन्दोलनमा जलेको भन्दै गण्डकीले खर्च गरेको साढे ४ अर्बको लेखा परीक्षण भएन
-
बाढी र पहिरोले देशका मुख्य राजमार्गहरू अवरुद्ध : कहाँ-कहाँ रोकिए सवारी साधन?
-
युवतीलाई बिजुलीको पोलमा बाँधेर कालो मोसो दल्ने चार जना पक्राउ
-
कीर्तिमान भङ्ग गर्ने दाउमा २१ वर्षे युवा सनसनी गुलेर
-
रास्वपा कर्णाली प्रदेशको अधिवेशन सुरु हुँदै, सभापतिका आकाङ्क्षी चार जना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण