बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

शुक्रबारको विरोध सभालाई नेता खनालले सम्बोधन नगर्ने

बिहीबार, १९ फागुन २०७८, २० : ३२
बिहीबार, १९ फागुन २०७८

नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले शुक्रबार हुने ६ दल र २ मोर्चाको विरोध सभालाई सम्बोधन नगर्ने भएका छन् । अमेरिकी सहयोग परियोजना एमसीसी संसदबाट पास भएपछि त्यसको विरोध गर्दै आएका नेता खनालले विरोध सभालाई सम्बोधन गर्ने बताइएको थियो ।

तर, खनालको सचिवालयले विरोध सभालाई सम्बोधन गर्ने भनी सञ्चार माध्यममा आएका समाचारप्रति आफ्नो ध्यानाकर्षण भएका जनाएको छ । एमसीसीको विरोध गर्दै आएका खनालसँग नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले पनि भेट गरेका थिए । विप्लव माओवादी लगाएतका साना दल र मोर्चाले शुक्रबार एमसीसीको विरोधमा विशाल प्रदर्शन गर्ने भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप