शुक्रबारको विरोध सभालाई नेता खनालले सम्बोधन नगर्ने
बिहीबार, १९ फागुन २०७८, २० : ३२
नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले शुक्रबार हुने ६ दल र २ मोर्चाको विरोध सभालाई सम्बोधन नगर्ने भएका छन् । अमेरिकी सहयोग परियोजना एमसीसी संसदबाट पास भएपछि त्यसको विरोध गर्दै आएका नेता खनालले विरोध सभालाई सम्बोधन गर्ने बताइएको थियो ।
तर, खनालको सचिवालयले विरोध सभालाई सम्बोधन गर्ने भनी सञ्चार माध्यममा आएका समाचारप्रति आफ्नो ध्यानाकर्षण भएका जनाएको छ । एमसीसीको विरोध गर्दै आएका खनालसँग नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले पनि भेट गरेका थिए । विप्लव माओवादी लगाएतका साना दल र मोर्चाले शुक्रबार एमसीसीको विरोधमा विशाल प्रदर्शन गर्ने भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जुम्ला पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा
-
भन्सार विभागका महानिर्देशक भण्डारी अर्थ मन्त्रालयमा तानिएसँगै पाण्डेलाई निमित्तको जिम्मेवारी
-
गण्डकीमा घटे कण्डम प्रयोगकर्ता, बढे एचआईभी सङ्क्रमित
-
९ क्याम्पसका स्ववियू सभापतिद्वारा त्रिवि पदाधिकारीलाई ध्यानाकर्षण
-
राज्यका सबै निकायले आफ्नो स्वतन्त्रता गुमाइसके : कृष्ण सिटौला
-
पार्टी प्यालेसको पार्किङबाट चोरिएको स्कुटर खोज्दा खुल्यो गिरोहको रहस्य, ६ जना समातिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण