‘द भ्वाइस किड्स’ विजेता जेनिश उप्रेतीको गीत सार्वजनिक
‘द भ्वाइस किड्स’ को विजेता जेनिश उप्रेतीको आवाज रहेको ‘बाटो’ बोलको गीत भिडियो सहित सार्वजनिक भएको छ । शुक्रवार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको गीतको भिडियोमा बाल गायक जेनिशकै वास्तविक कथालाई उतारिएको छ ।
गायक प्रमोद खरेल स्वयंको कन्सेप्ट र निर्देशन रहेको भिडियोमा जेनिश र प्रमोदसँगै लक्ष्मी बर्देवा, जीवन वली, सुनील नेपाली, भानुभक्त ढकाल लगायतको अभिनय छ । भुपेन्द्र खड्काको शब्द रहेको गीतमा भानुभक्त ढकालको संगीत सुन्न सकिन्छ । गीत सार्वजनिक कार्यक्रममा गायक प्रमोद खरेलले जेनिशको वास्तविक कथालाई भिडियोमा उतार्नु चुनौतीपूर्ण रहेको बताए ।
उनले भने, ‘यो भिडियोलाई म आफैंले गर्नुको कारण म जेनिशसँग एकदमै नजिक थिएँ । यही कारणले भिडियो बनाउन केही सजिलो पनि भयो । भिडियोमा प्रायः कुराहरु रियल छन् । भिडियोमा जेनिशले आफ्नो आमालाई नै सम्झिएर अभिनय गरेको छ, जुन अद्भुत छ ।’
भिडियोमा जेनिशको आमाको भूमिका निर्वाह गरेकी अभिनेत्री लक्ष्मी बर्देवाले चरित्रमा आफूलाई ढाल्नका लागि जेनिशले आमाको सम्झना गरेको भिडियो र जेनिशको आमाको फोटोहरु हेरेर पहिरनमा ध्यान दिएको बताइन् । प्रमोद खरेलले भिडियोको कन्सेप्ट सुनाउँदा आफ्नो गहभरी आँशु भएको गायिका बर्देवाले बताइन् ।
बाल गायक जेनिशले भने भिडियोको छायांकनको बेला गाह्रो भएको स्मरण गरे । उनी भन्छन्, ‘भिडियोको छायांकनको बेला अलि गाह्रो भएको थियो । तर, पछि आफूले गरेको अभिनय हेर्दा हाँसो पनि लाग्यो र खुसी पनि भएँ ।’ आफ्नो दिवंगत आमाको रोलमा लक्ष्मी बर्देवाले अभिनय गर्दा आफ्नै आमा जस्तो लागेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जनभावना विपरीतकाे अभिव्यक्तिले पार्टीको रक्षा हुँदैन : पोखरेल
-
जेनजी आन्दोलनमा जलेको भन्दै गण्डकीले खर्च गरेको साढे ४ अर्बको लेखा परीक्षण भएन
-
बाढी र पहिरोले देशका मुख्य राजमार्गहरू अवरुद्ध : कहाँ-कहाँ रोकिए सवारी साधन?
-
युवतीलाई बिजुलीको पोलमा बाँधेर कालो मोसो दल्ने चार जना पक्राउ
-
कीर्तिमान भङ्ग गर्ने दाउमा २१ वर्षे युवा सनसनी गुलेर
-
रास्वपा कर्णाली प्रदेशको अधिवेशन सुरु हुँदै, सभापतिका आकाङ्क्षी चार जना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण