होलीको नयाँ गीत ‘प्रेम पिचकारी’ सार्वजनिक
मैथिली–नेपाली सङ्गीतमा होलीको नयाँ म्यूजिक भिडियो ‘प्रेमक पिचकारी’ सार्वजनिक भएको छ । म्युजिक भिडियोमा गायक नितिन गजुरेल र चर्चित गायिका ज्योती विश्वकर्माको स्वर रहेको छ । मैथिली साहित्यका पार्खी गीतकार विद्यानन्द बेदर्दीको शब्द रहेको म्युजिक भिडियोमा अभिनेत्री तथा मोडेल अञ्जली अधिकारी र अर्का मोडल सुधीर श्रेष्ठले अभिनय गरेका छन् ।
यस भिडियोमा होलीको मुल मर्मअनुसार आपसी एकताको सन्देश दिने प्रयास गरिएको निर्माण पक्षले जनाएको छ । गीतमा मिथिलाको पारम्परिक जोगिराको छनक समेत समेटिएको छ । यसले प्रेमको सन्देश पनि दिएको बेदर्दीले जनाएका छन् ।
गजुरेलले गीतको कम्पोज गरेका छन् भने भूपेन्द्र रायमाझीले यस गीतमा सङ्गीत दिएका छन् । नेपाली फिल्म उद्योगका प्रसिद्ध कोरियोग्राफर एवं निर्देशक कमल राईको निर्देशन रहेको यस गीतको शिव ढकालले छायाङ्कन गरेका छन् । भिडियोमा विद्यानन्द वेदर्दीको प्रस्तुति र पोस्ट प्रोडक्शन सफल मोसन पिक्चरको रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जनभावना विपरीतकाे अभिव्यक्तिले पार्टीको रक्षा हुँदैन : पोखरेल
-
जेनजी आन्दोलनमा जलेको भन्दै गण्डकीले खर्च गरेको साढे ४ अर्बको लेखा परीक्षण भएन
-
बाढी र पहिरोले देशका मुख्य राजमार्गहरू अवरुद्ध : कहाँ-कहाँ रोकिए सवारी साधन?
-
युवतीलाई बिजुलीको पोलमा बाँधेर कालो मोसो दल्ने चार जना पक्राउ
-
कीर्तिमान भङ्ग गर्ने दाउमा २१ वर्षे युवा सनसनी गुलेर
-
रास्वपा कर्णाली प्रदेशको अधिवेशन सुरु हुँदै, सभापतिका आकाङ्क्षी चार जना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण