आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

‘छुटेपछि त छुट्यो छुट्यो’मा युवराज र अञ्जलीको रोमान्स

आइतबार, २२ फागुन २०७८, ११ : १७
आइतबार, २२ फागुन २०७८

गायक युवराज चौलागाईंको नयाँ गीत ‘छुटेपछि त छुट्यो छुट्यो’ सार्वजनिक भएको छ । युवराजको आफ्नै स्वर रहेको गीतमा दीपिका रिमाल थापाको शब्द र गायककै संगीत छ ।
गीत गायनमा युवराजलाई अनुष्का पाठकले साथ दिएकी छन् । छुट्न मन नहुँदा नहुँदै छुट्न लागेको प्रेम सम्बन्धको कुरा गीतले ब्यक्त गरेको छ । 
गीतको भिडियोमा पनि गायक युवराज र चर्चित मोडल अञ्जली अधिकारीको अभिनय देख्न सकिन्छ । भिडियोमा  कुमार कटुवालले छायांकन, पदम तिमिल्सिनाले छायांकन गरेका हुन् । भिडियोका निर्देशक भुषण दाहाल हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप