बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

ग्लोबल आइएमई बैंक, राष्ट्रिय सहकारी बैंक र स्मार्ट च्वाइस टेक्नोलोजिजबीच सम्झौता

सोमबार, २३ फागुन २०७८, ११ : ३३
सोमबार, २३ फागुन २०७८

ग्लोबल आइएमई बैंक, राष्ट्रिय सहकारी बैंक र स्मार्ट च्वाइस टेक्नोलोजिजबीच त्रिपक्षीय सम्झौता भएको छ । ‘सहकारीहरुका लागि सहकारी’ पहिचान सहितका ‘कोप कार्ड’ जारी गर्नेसम्बन्धमा उक्त सम्झौता गरिएको हो । एक कार्यक्रमकाबीच ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य, स्मार्ट च्वाइसका प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजु र राष्ट्रिय सहकारीका प्रमुख कार्यकारी अधिकृत बद्रिकुमार गुरागाईंले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । 

यसरी प्रदान गर्ने कार्ड अन्तर्राष्ट्रियस्तरको चिप कार्ड र कन्टाक्टलेश प्रविधिमा आधारित हुनेछ । यो नेपाल तथा भारतका एटिएम र पीओएस मार्फत चलाउन सकिन्छ । यस सहकार्य पश्चात सम्पूर्ण सहकारीहरूले राष्ट्रिय सहकारी बैंकमा कार्ड जारी गर्न सक्नेछन् । यसले सहकारी क्षेत्रको भुक्तानी प्रणाली र विद्युतीय कारोबारमा पहुँच बढदै जाने तथा साधारण बैंकिङ कारोबारको लागि बैँकसम्म धाइरहनु नपर्ने हुन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप