सम्बन्धविच्छेदपछि फिल्ममा पुनरागमन गर्दैछिन् इशा देओल
नयाँ दिल्ली । बलिउड अभिनेत्री इशा देओल लामो समयदेखि सम्बन्धविच्छेदका कारण चर्चामा थिइन् । इशा बिहे गरेको ११ वर्षपछि श्रीमान् भरत तख्तानीसँग अलग भइन् ।
अभिनेत्रीले सामाजिक सञ्जालमा आफ्नो सम्बन्धविच्छेदबारे फ्यानहरूलाई जानकारी दिएकी थिइन् । अहिले उनी अभिनय संसारमा फेरि फर्कने तयारीमा छिन् ।
हालै इसा देओलले मुम्बईमा वृक्षारोपण अभियानमा सहभागी भएकी थिइन् । यस क्रममा अभिनेत्रीले आफ्ना आगामी प्रोजेक्टबारे खुलेर कुरा गरिन् । ‘अहिले म आगामी फिल्मको सुटिङमा व्यस्त छु । यसको घोषणा छिट्टै गरिनेछ । म यति मात्र भन्न सक्छु कि काम गर्न पाउँदा धेरै खुसी छु,’ उनले भनिन् ।
इसा देओलले बलिउड डेब्यू फ्लप रहेको थियो । अभिनेत्रीले सन् २००२ मा रोमान्टिक फिल्म ‘कोई मेरे दिल से पूछे’बाट उनले बलिउडमा डेब्यु गरेकी थिइन् ।
यस फिल्ममा उनको अपोजिट अफताब शिवदासानी थिए । तर बक्स अफिसमा फिल्म नराम्ररी असफल भयो । यसपछि इसा देओलले ना तुम जानो न हम, क्या दिल ने कहा, कुछ तो है, दस, नो एन्ट्री, शादी नम्बर १ जस्ता धेरै फिल्ममा काम गरिन् ।
तर उनले पिता धर्मेन्द्र र आमा हेमा मालिनी अनि दाजुहरू सनी देओल र बबी देओलजस्तो सफलता पाउन सकिनन् । इसा ओटीटीमा पनि आइसकेकी छिन् । सुनील शेट्टीको ‘हन्टर टुटेगा नही तोडेगा’ सिरिजमा उनी देखिएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भन्सालीको ‘लभ एन्ड वार’ को सेटमा भयानक दुघर्टना, एक जनाको मृत्यु
-
टिपर दुर्घटनामा चालकको मृत्यु
-
पूर्वप्रधानन्यायाधीश पराजुली भन्छन्, ‘न्यायाधीशलाई गोलाप्रथाबाट मुद्दा तोक्ने व्यवस्था संविधानसम्मत छैन’
-
‘झिंगे दाउ २’ असोजमा रिलिज हुने
-
जैविक धरातलको संरक्षणमा नेपाल अद्वितीय छ
-
रास्वपा महाधिवेशन प्रतिनिधिको नामावलीमा त्रुटि, अझै सुरु भएन बन्दसत्र
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण