हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमयदर
नेपाल राष्ट्र बैंकले बुधबार लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२२ रुपैयाँ ७६ पैसा र बिक्री दर १२३ रुपैयाँ ३६ पैसा कायम गरेको छ । युरोपियन यूरो एकको खरिद दर १३३ रुपैयाँ ५५ पैसा र बिक्री दर १३४ रुपैयाँ २० पैसा छ । यूके पाउन्ड स्टलिङ एकको खरिद दर १६१ रुपैयाँ १० पैसा र बिक्री दर १६१ रुपैयाँ ८९ पैसा छ । स्वीस फ्रेङ्क एकको खरिद दर १३२ रुपैयाँ १६ पैसा र बिक्री दर १३२ रुपैयाँ ८० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
अष्ट्रेलियन डलर एकको खरिद दर ८९ रुपैयाँ ४८ पैसा र बिक्री दर ८९ रुपैयाँ ९२ पैसा छ । क्यानेडियन डलर एकको खरिद दर ९५ रुपैयाँ ६४ पैसा रहेको छ भने बिक्री दर ९६ रुपैयाँ १० पैसा छ ।
जापानी येन १० को खरिद दर नेपाली १० रुपैयाँ ६२ पैसा र बिक्री दर १० रुपैयाँ ६७ पैसा छ भने चिनियाँ यूआन एकको खरिद दर १९ रुपैयाँ ४४ पैसा र बिक्री दर १९ रुपैयाँ ५३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
साउदी अरबियन रियाल एकको खरिर दर ३२ रुपैँया ७२ पैसा र बिक्री दर ३२ रुपैयाँ ८८ पैसा छ भने कतारी रियाल एकको खरिद दर ३३ रुपैयाँ ६८ पैसा र बिक्री दर ३३ रुपैयाँ ८४ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।
मलेसियन रिंगिट एकको खरिद दर २९ रुपैयाँ ३५ पैसा छ भने बिक्री दर २९ रुपैयाँ ४९ पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर नौ रुपैयाँ ९६ पैसा र बिक्री दर १० रुपैयाँ कायम भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका
-
ट्राफिक कारबाहीमा चार लाख ५८ हजार राजस्व सङ्कलन
-
महाकाली पुलको गाइडबण्ड पुनर्निर्माणमा खटियो सेना
-
दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था
-
गायक तथा सङ्गीतकार आशिष अविरलमाथि अमेरिकामा कुटपिट
-
तीन मौसमी वायुको असर : आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण