पर्यटन प्रर्वद्धनमा सहकार्य गर्न श्रीलङकालाई प्रस्ताव
नेपाल चेम्बर अफ कमर्सले सार्क सदस्य राष्ट्र श्रीलङकासँग पर्यटन प्रवर्द्धनमा सहकार्य गर्न प्रस्ताव गरेको छ । नेपालका लागि श्रीलङकन राजदूत हिमाली शुभासिनी अरुनातिलकासँग शुक्रबार भएको भेटमा अध्यक्ष राजेन्द्र मल्लले पर्यटन क्षेत्रमा सहकार्य गर्न प्रस्ताव गरेका हुन् ।
आगामी बुद्ध जयन्तीको अवसरमा नेपालले दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको औपचारिक उडानको शुरु गर्न लागेको भन्दै अध्यक्ष मल्लले सीधा हवाई सम्पर्क बढाउन आग्रह गरे । उनले भने, ‘नेपाल श्रीलङका दुवै सार्क राष्ट्रका सदस्य हुन् । आर्थिक, सामाजिक र सांस्कृतिक दृष्टिकोणले पनि समान छन् । श्रीलङकका पर्यटक सिधै भैरहवा विमानस्थलमा आएर नेपालको महत्वपुर्ण धार्मिक स्थल लुम्बिनीमा भ्रमण गर्न सक्छन् ।’
काठमाडौं, कोलम्बोको हवाई क्षमता विस्तार गरेर दुवै मुलुकले अन्य व्यापारिक लाभ लिन सक्ने पनि अध्यक्ष मल्लले बताए । पछिल्लो समय नेपालीहरु पनि घुम्नका लागि विदेश जाने क्रम बढेको भन्दै अध्यक्ष मल्लले त्यसको लाभ श्रीलङकाले लिन सक्ने बताए । नेपाल र श्रीलङकाबीचको ६५ वर्ष लामो सम्बन्धलाई आर्थिक दृष्टिकोणले पनि परिणाममुखी बनाउनुपर्नेमा अध्यक्ष मल्लले जोड दिए ।
यसैगरि नेपालको जलविद्युत, पूर्वाधार तथा सेवा क्षेत्रमा लगानीका लागि अध्यक्ष मल्लले राजदूत हिमालीसंग आग्रह गरे । कोभिडका कारण आक्रान्त दुवै मुलुकको अर्थतन्त्र सुधारका लागि व्यवसायिक क्षेत्रमा सहकार्य मार्फत दुवै मुलुकले आर्थिक लाभ लिन सकिने भन्दै अध्यक्ष मल्लले निजी क्षेत्रबीच उच्चस्तरीय व्यवसायिक भ्रमणको व्यवस्था गर्न राजदूत हिमालीसंग आग्रह समेत गरेका छन् ।
नेपाल र श्रीलङकाबीच एक अर्काका देशमा उत्पादन भएर निर्यात हुने सम्भावनायुक्त वस्तुहरुको पहिचान गरि सीधा हवाई सेवा मार्फत व्यापार वृद्धि गर्नुपर्नेमा अध्यक्ष मल्लले जोड दिए । जवाफमा राजदूत हिमालीले नेपाल र श्रीलङकाबीचको व्यापार सहजिकरणमार्फत आर्थिक समृद्धिका लागि आफुले पहल गर्नुपर्ने बताइन् ।
पर्यटन सेवा विस्तार गरेर दुवै मुलुकले आर्थिक लाभ लिन सक्ने भन्दै उनले नेपाल र श्रीलङकाबीच हवाई सेवा विस्तार गर्न पहल गर्ने प्रतिवद्धता जनाएकी छन् । नेपालमा श्रीलङकाले हाल पूर्वाधार, जलविद्युत, सेवा क्षेत्रमा लगानी गरिरहेको र थप लगानीका लागि उपयुक्त वातावरण खोजिरहेको हिमालीको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सीटीईभीटीको उपाध्यक्ष र सदस्य सचिवमा दरखास्त आह्वान
-
भृकुटीमण्डपमा ‘फिन इलेक्ट्रो–टेक २०२६’ सुरु, अर्थमन्त्रीले गरे उद्घाटन
-
गृहले सच्यायो एसएसपी सरुवा, उपत्यका ट्राफिकमा काफ्ले
-
सम्बन्ध विच्छेदको मुद्दामा ‘किस इमोजी’ को चर्चा : लद्दाख उच्च अदालतद्वारा महिलाको निवेदन खारेज
-
महेन्द्र राजमार्गको चन्द्रौटा–कोहलपुर खण्ड चार लेनमा स्तरोन्नति गरिँदै
-
भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान हुन् : राष्ट्रपति पौडेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण