शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

सीटीईभीटीको उपाध्यक्ष र सदस्य सचिवमा दरखास्त आह्वान

शुक्रबार, २२ जेठ २०८३, १३ : ५७
शुक्रबार, २२ जेठ २०८३

सारांश

  • प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) को उपाध्यक्ष र सदस्य सचिव पदका लागि दरखास्त आह्वान गरिएको छ ।
  • योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूले सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र शिक्षा तथा खेलकुद मन्त्रालयको प्राविधिक शिक्षा शाखामा आवेदन बुझाउनु पर्नेछ ।
  • आवेदन दिने अन्तिम दिन सार्वजनिक बिदा परेमा त्यसको भोलिपल्ट कार्यालय खुलेको दिनको कार्यालय समयभित्र आवेदन दर्ता गर्न सकिनेछ ।

काठमाडौँ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटीका) को रिक्त उपाध्यक्ष मनोनयन र सदस्य सचिव पदका लागि उपयुक्त उम्मेदवार सिफारिस गर्न गठित समितिले दरखास्त आह्वान गरेको छ । 

समितिले स्वीकृत गरेको बैठक तथा सिफारिस सम्बन्धी कार्यविधि, २०८३ अनुसार योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूबाट आवेदन माग गरिएको हो । यो सूचना प्रथम पटक यही जेठ २१ गते प्रकाशित गरिएको हो ।

आवेदन दिने म्याद सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र निर्धारण गरिएको छ । योग्य आवेदकहरूले शिक्षा तथा खेलकुद मन्त्रालयको प्राविधिक शिक्षा शाखामा कार्यालय समयभित्र आफ्नो आवेदन बुझाउनु पर्नेछ ।

यदि आवेदन दिने अन्तिम दिन सार्वजनिक बिदा पर्न गएमा त्यसको भोलिपल्ट कार्यालय खुलेको दिनको कार्यालय समयभित्र आवेदन दर्ता गर्न सकिने सुविधा दिइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप