मेनुका परियार र सन्दिप परियारको स्वरमा नयाँ गीत (भिडियो)
सन्दिप परियार र मेनुका परियारको स्वरमा रहेको रस छ फूलैमा बोलको गीत सार्वजनिक भएको छ । डा सडानन्द कंडेलको शब्द सिर्जना रहेको गीतलाई संगीतकार प्रमोद पन्तले संगीत भरेका हुन् । गीतको एरेन्ज पछिल्लो समयका चर्चित एरेन्जर रिदम कंडेलले गरेका हुन् ।
युवायुवती बीचको प्रेम प्रसंगलाई दर्साइएको गीतमा सुरज श्रेष्ठ र निहारिका थापाको अभिनय देख्न सकिन्छ । गीतको भिडियो पीपीएम क्रियशन युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । मिलन श्रेष्ठको निर्देशन रहेको भिडियोलाई सन्तोष तिमल्सिना र विपीन चौलागाइँले खिचेका हुन् भने रोशन धितालले सम्पादन गरेका हुन् ।
पेशाले शैक्षिक अनुसन्धानकर्ता रहेपनि हाइकु र नियात्रा लेखनमा सक्रिय रहेका गीतकार डा सदानन्द कंडेलको सार्वजनिक भएको यो दोस्रो गीत हो। यस अघि उनकै लेखनमा निस्वार्थी माया आमाको बोलको गीत अन्जु पन्तको आवाजमा रेकर्डिङ भई सार्वजनिक भइसकेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्व रक्तदाता दिवस : सुरक्षित र पर्याप्त रगत आपूर्तिमा अझै असमानता
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
किन आन्दोलित छन् झण्डै १३ हजार चिकित्सक ?
-
रास्वपा लुम्बिनी प्रदेश अधिवेशन : सभापतिका लागि पुनः मतदान हुने
-
‘झोर्ले हजुर’ मार्फत विष्णु माझीले दिइन् सर्प्राइज
-
हाइटीविरुद्ध पहिलो हाफमा स्कटल्यान्डलाई अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण