देशभर प्रत्येक वडामा स्वास्थ्य प्रवद्र्धन केन्द्र सञ्चालनमा ल्याउनुपर्छ : गगन थापा
नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले देशभर प्रत्येक वडामा स्वास्थ्य प्रवद्र्धन केन्द्र हुनुपर्ने बताएका छन् । मंगलवार ज्ञानेश्वरस्थित शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रको उद्घाटन गर्दै पूर्व स्वास्थ्यमन्त्री थापाले यसबाट जनचेतना फैलाउने र सहुलियतमा औषधिको व्यवस्था हुने बताए । आफू मन्त्री हुँदा काठमाडौं महानगरपालिका र बुढानिलकण्ठ नगरपालिकाका नागरिकलाई सेवा दिने उद्देश्यले शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र स्थापना गर्ने कामअघि बढेको उनको भनाइ छ ।
आफू सरकारसँग बाहिरिएसँगै सो काम अलपत्र परेको भन्दै थापाले हाल आफ्नै सक्रियता र स्थानीय जनप्रतिनिधिहरु समेतको सक्रियतामा केन्द्र सञ्चालन गर्न सफल भएको बताए ।
स्वास्थ्य प्रवद्र्धन केन्द्रले वडाबासीहरुको स्वास्थ्य सँग सम्बन्धित सबै विषयहरुको विवरण राख्ने र स्वास्थ्य परिक्षण गर्ने थापाले बताए । यस्ता केन्द्र देशभर प्रत्येक वडामा हुनुपर्ने उनले जोड दिए ।
काठमाडौं क्षेत्र नम्बर ४ का सांसद समेत रहेका थापाले आगामी दिनमा फिजियोथेरापी सेवा पनि सुरु गर्ने बताए । केन्द्रले जनस्वास्थ्य प्रमुखको निगरानीमा स्वास्थ्यकर्मीहरुले वडाभित्रका सम्पूर्ण घरमा गएर स्वास्थ्य सम्बन्धी अनुगमन गर्ने उनको भनाइ छ ।
थापाका अनुसार वडामा कुन रोगको समस्या छ सो समस्या समाधानका लागि सेवा सुविधा दिइने जनाइएको छ । काठमाडौं महानगरपालिका वडा– ३० ले सञ्चालनमा ल्याएको शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रमा यी सबै सेवा पाइने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याग्दीलाई पूर्णखोपयुक्त घोषणा
-
घट्यो गीतसङ्गीत निर्माण, चुनौती बन्यो एआई
-
ट्रम्पले गत वर्ष क्रिप्टोकरेन्सीबाट मात्रै कमाए १ अर्ब डलरभन्दा बढी
-
मेक्सिको र इक्वेडरबिचको खेल सुरु, कसले मार्ला बाजी?
-
रास्वपाका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूको शपथ आज
-
जन्मसिद्ध नागरिकतासम्बन्धी १५० वर्ष पुरानो नीति खारेज गर्ने ट्रम्पको योजनामा सर्वोच्चको धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण