बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

एनएमबी बैंकले अनलाइनबाटै डिम्याट, मेरो शेयर र सीआरएन सुविधा दिने

बुधबार, ०२ चैत २०७८, १२ : ४०
बुधबार, ०२ चैत २०७८

एनएमबी बैंकले देश तथा विदेशमै बसेर डिम्याट, मेरो शेयर र सीआरएन सेवा अनलाइनबाटै लिन सकिने योजना ल्याएको छ । ग्राहकले बैंकमा भिडियो कलमार्फत अनलाइन खाता खोल्न र आफ्नो केवाइसी विवरणहरू अपडेट गर्न सक्ने बैंकले जानकारी दिएको छ ।

ग्राहकहरूको लागि घरबाटै सहज ढंगले, पारदर्शी, त्रुटिरहित र कागजविहीन बैंकिङ सेवा प्रदान गर्ने यस योजनाको उद्देश्य रहेको बैंकको दाबी छ । साथै, बैंकले वातावरणमैत्री बैंकिङप्रति पूर्ण प्रतिबद्धतालाई पालना गर्ने बताएको छ ।

एनएमबी बैंकले हालसम्म देशभर देशभर २०१ शाखा, १३९ एटीएम र १० एक्सटेन्सन काउन्टरमार्फत वित्तीय सेवा दिइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप