रुसको रकेट हमलामा युक्रेनकी अभिनेत्री ओक्साना श्वेट्सको निधन
रुस र युक्रेनबीचको युद्ध छिट्टै रोकिएला जस्तो छैन । २४ फेब्रुअरीदेखि सुरु भएको यो युद्धमा सैनिकका साथै सर्वसाधारणलाई निशाना बनाइरहेका छन् । युक्रेनमा ठूलो संख्यामा मानिसले आफ्नो ज्यान गुमाइसकेका छन् । युक्रेनकी नायिका ओक्साना श्वेट्स पनि रुसको हमलाको शिकार भएकी छिन् । खबरका अनुसार ६७ वर्षकी थिएटर अभिनेत्री ओक्साना श्वेट्सको निधन रुसको किभमा भएको रकेट आक्रमणमा भएको हो ।
ओक्साना श्वेट्सको निधनको खबर ‘योङ थिएटर कम्युनिटी’ ले दिएको हो । यहाँ ओक्सानाले लामो समयदेखि काम गरेकी थिइन् ।
थिएटर कम्युनिटीका अनुसार एक आवसीय भवनमा रुसको हमलामा ओक्सानाको मृत्यु भएको हो । उनीहरुले ओक्सानालाई श्रद्धाञ्जली दिए र आफ्नो रोष पनि व्यक्त गरे । उनीहरुले आफ्नो जमिनमा आएका दुश्मनमा लागि माफी नभएको पनि बताए ।
The actress of the Young Theatre Oksana Shvets has been murdered in Kyiv during the war. pic.twitter.com/Rp3DcgSbge
— KyivPost (@KyivPost) March 17, 2022
ओक्साना युक्रेनकी चर्चित अभिनेत्री थिइन् । उनलाई युक्रेनको सबैभन्दा ठूलो आर्टिस्टिक सम्मान अनर्ड आर्टिस्ट अफ युक्रेनबाट पनि सम्मानित गरिएको थियो । उनले इभान फ्रान्को थिएटर र किभ स्टेट इन्टिच्युट अफ थिएटर आर्ट्समा पढेकी थिइन् । यसबाहेक उनले टेर्नोपिल म्युजिक र ड्रामा थिएटर र किभ थिएटर अफ सटाइरमा पनि काम गरेकी थिइन् ।
ओक्साना शिवेट्स अघि युक्रेनका चर्चित फिल्म निर्देशक तथा पत्रकार ब्रेन्च रेनौडको पनि निधन भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकप समूह ‘एल’ को निर्णायक भिडन्त: अन्तिम ३२ मा क्रोएसियाको अन्तिम कसरत
-
भेनेजुएला भूकम्प: मृतकको सङ्ख्या १,४३० पुग्यो
-
आरोही फुञ्जो बनिन् पर्यटन सद्भावना दूत
-
१२ बजे १२ समाचार: मल खरिदमा चलखेल, चक्रपथ दोस्रो खण्ड विस्तारका लागि सुरु भएन टेन्डर प्रक्रिया
-
थारु जातिको भलमन्सा–बडघर परम्परालाई कानुनी मान्यता
-
स्थानीय उत्पादनको बजारीकरणले मात्रै ग्रामीण अर्थतन्त्र बलियो बन्छ: मुख्यमन्त्री आचार्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण