दुई जना खोलामा मृत फेला
सोमबार, ०७ चैत २०७८, १९ : २५
लुम्बिनी प्रदेश र यस प्रदेशको छिमेकी जिल्लामा सोमबार दुई जनाको शव फेला परेको छ ।
रुपन्देहीको तिलोत्तमा नगरपालिका-१ सक्रहवास्थित रोहिणी खोलामा नाम, थर, वतन नखुलेका करिब ३५ वर्षीय पुरुष सोमबार मृत अवस्थामा फेला परेका हुन् । यस्तै पुर्व नवलपरासीको देवचुली नगरपालिका–१७ कुजौली घाटस्थित नारायणी नदीमा डुबेर धादिंङ निलकण्ठ नगरपालिका–९ बस्ने १६ वर्षीय नवराज श्रेष्ठको मृत्यु भएको छ ।
गत शुक्रबार उक्त नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका उनको खोजी गर्ने क्रममा सोमबार शव फेला परको प्रहरीले जनाएको छ । दुई दिन अघि एउटी बेवारिसे महिलाको पनि कालिगडकी नदीमा शव फेला परेको पूर्वी नवलपरासीका प्रहरी प्रमुख एसपी प्रज्वल प्रधानले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्व रक्तदाता दिवस : सुरक्षित र पर्याप्त रगत आपूर्तिमा अझै असमानता
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
किन आन्दोलित छन् झण्डै १३ हजार चिकित्सक ?
-
रास्वपा लुम्बिनी प्रदेश अधिवेशन : सभापतिका लागि पुनः मतदान हुने
-
‘झोर्ले हजुर’ मार्फत विष्णु माझीले दिइन् सर्प्राइज
-
हाइटीविरुद्ध पहिलो हाफमा स्कटल्यान्डलाई अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण