आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

टीभीएसले ल्यायो '​आयो, पायो, पर्‍यो, सोर्‍यो'​ अफर

मङ्गलबार, ०८ चैत २०७८, २१ : २४
मङ्गलबार, ०८ चैत २०७८

नयाँ वर्षको अवसर पारेर जगदम्बा मोटर्सले '​आयो, पायो, पर्‍यो, सोर्‍यो'​ अफर सार्वजनिक गरेको छ ।  यस योजना अन्तर्गत किने पनि नकिने पनि टीभीएस नेपालको सामाजिक सञ्जालमा भाग लिएर हरेक हप्ता रु ५० हजार जित्ने मौका मिल्ने कम्पनीले जनाएको छ । 

बाइक तथा स्कुटर किन्नु अगाडि tvsnepal.com/newyear ​ मा दर्ता गरेर ५० हजार सम्म जित्न पाउने अनि नेपाल भरी टीभीएसको कुनै पनि बिक्रेताबाट स्कुटर तथा मोटरसाइकलको खरिदमा ग्राहकले १ लाख सम्मको भारी छुट पाउने जनाइएको छ । 

साथै बम्परमा किने पनि नकिने पनि टीभीएसको सोसल मिडियामा भाग लिएर ३ जना भाग्यशाली विजेताले अपाची आरआर ३१० जित्ने मौका पाउनेछन् । साथै हरेक खरिदमा ग्राहकले शून्य प्रतिशत अनि एक्सचेन्जमा मासिक रकम  ५,९९९ किस्ता तिरेर टीभीएस चढेर जान पाउने व्यवस्था मिलाइएको पनि कम्पनीले जनाएको छ । 

नयाँ वर्षको योजनालाई सार्वजनिक गर्दै जगदम्बा मोटर्सको सीईओ दीपक अग्रवालले टीभीएसलाई नेपाली ग्राहकहरूले रुचाएको र अहिले यसको बजारमा माग बढेकाले खुशी व्यक्त गरे । उनले यस नयाँ वर्षको योजनाले ग्राहकलाई मध्यनजर राखेर बिक्रीलाई नयाँ उचाइमा पुराउने उद्देश्य रहेको बताए । 

जगदम्बा मोटर्स प्रा.लि. नेपालमा टिभिएस टू–ह्वीलर्सको लागि एक मात्र आधिकारिक वितरक हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप