लम्बियो प्रतिनिधिसभा बैठक बस्ने समय
काठमाडौँ । संसद् खुलाउने विषयमा दलहरूबिच सहमति नजुट्दा पूर्व निर्धारित समयमा प्रतिनिधिसभाको बैठक सुरु हुन सकेको छैन । आइतबार बिहान ११ बजेका लागि बैठक बोलाइए पनि सहकारी प्रकरणमा संसदीय छानबिन समिति गठनको विषयमा कार्यविधि निर्माणबारे सहमति नजुट्दा प्रतिनिधिसभा बैठक बस्ने समय लम्बिएको छ ।
सरकार सहकारीको विषयमा छानबिन समिति बनाउन तयार देखिएपछि कसरी गर्ने भन्ने कार्यविधि निर्माणका लागि सत्तापक्ष दल र प्रतिपक्षी दलका प्रतिनिधिहरूबिच कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयमा छलफल भइरहेको छ ।
निर्णयका लागि कानुनमन्त्री पदम गिरी, कांग्रेस सहमहामन्त्री जीवन परियार, एमाले प्रमुख सचेतक महेश बर्तौला र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनाल छलफलमा जुटिरहेका छन् ।
यस्तै आइतबार बसेको विपक्षी दलको बैठकले गृहमन्त्री रवि लामिछानेलाई संसद्मा बोल्न दिने निर्णय गरेको छ । साथै संसदीय छानबिन समितिको कार्यविधिमा सहमति नभएसम्म सदन चल्न नदिन विपक्षी दलले सभामुख देवराज घिमिरेलाई आग्रह गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय वाणिज्य बैङ्कद्वारा अनलाइन कर्जा आवेदन सेवाको सुरुआत
-
गण्डकीका छ जिल्लालाई पूर्ण खोप सुनिश्चित घोषणा
-
अर्जेन्टिना र केप भर्डेबिचको खेल सुरु, मेस्सीमाथि सबैको नजर
-
नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न
-
बडीमालिकामा छाउपडी गोठ मुक्तघोषणा
-
विपदजन्य घटनामा वैशाख यता १२७ को मृत्यु, ७७३ घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण