संसद् रङ्गमञ्च जस्तो भयो, बोल्न निषेध गर्न पाइँदैन : सीके राउत
काठमाडौँ । जनमत पार्टीका अध्यक्ष डा.सीके (चन्द्रकान्त) राउतले संसद् रङ्गमञ्च जस्तो मात्रै भइरहेको बताएका छन् । आइतबार काठमाडौंको नेपाल ल क्याम्पसमा आयोजित कार्यक्रममा बोल्दै उनले संसदमा बोल्न निषेध कसैले पनि गर्न नहुने भन्दै नेपाली कांग्रेसले खाली गृहमन्त्री रवि लामिछानेलाई मात्र टारगेट गर्नु गलत भएको बताए ।
उनले भने,‘मैले पनि पटक पटक भन्ने गरेको छु, यो संसद् रङ्गमञ्च मात्रै भयो है भनेर । संसदमा बोल्न दिनुपर्ने हो । दोष होला नहोला छुट्टै कुरा तर बोल्न निषेध कसैले पनि गर्नुहुँदैन जस्तो लाग्छ । छानबिन त अरू जोकोहीको पनि गर्न सकिन्छ । त्यही भएर एउटा मानिसलाई मात्र टारगेट गर्नुहुँदैन ।’
उनले संसदमा साँढेको जुधाई जस्तो भएको भन्दै ठुला ठुला पार्टी कुस्ती खेलेर बस्दा आफूहरू भने अप्ठारोमा परेको बताए ।
उनले भने,‘संसदमा कस्तो भएको छ भने साँढेको सुधाई जस्तो भएको छ । ठुला ठुला पार्टी कुस्ती खेलेर बसेका छन् । हामीलाई चाहिँ कठिन भएको छ । गलत संसदीय अभ्यास भइरहेको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरान थप आक्रामक, दबाबमा अमेरिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण