एकीकृत सहरी विकास कार्यक्रममा बजेट थप्न मन्त्री झाँक्रीको आग्रह
सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले राष्ट्रिय योजना आयोगलाई एकीकृत सहरी विकास कार्यक्रमका लागि थप बजेट छुट्याउन आग्रह गरेकी छन् । एकीकृत सहरी विकास नीतिको मस्यौदा अन्तिम चरणमा रहेको बताउदै उनले सो कार्यक्रमका लागि थप बजेट आवश्यक रहेको बताएकी हुन् ।
बिहीबार मन्त्रालयमा आयोजित सघन सहरी विकास कार्यक्रमको निरन्तरतासम्बन्धी छलफलमा मन्त्री झाँक्रीले मन्त्रालयले केही नयाँ कार्यक्रमका लागि बजेटको पहल गरिरहेको बताइन । ‘एकीकृत सहरी विकास कार्यक्रम नयाँ हो । यसलाई बजेटमार्फत यस वर्षको कार्यक्रम र बजेटमा समावेश गरेर अघि बढौं,’ उनले भनिन् ।
उनले मन्त्रालयले बनाउन लागेको युटिलिटी करिडोर ऐनको मस्यौदा अन्तिम चरण पुगेको बताउँदै मन्त्रालयले नयाँ कार्यक्रम ल्याउने विषयमा गृहकार्य गरिरहेको बताइन् ।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा। विश्वराज पौडेलले मन्त्रालयले सहरी सौन्दर्य बढाउने खालका कार्यक्रम अघि बढाउनुपर्ने धारणा राखे । मन्त्रालयले अघि सारेको योजनाको बारेमा आफू सकारात्मक रहेको बताउँदै पौडेलले सहरी क्षेत्रको सुन्दरता बढाउन पार्क, कृत्रिम ताललगायतका कार्यक्रमका लागि आयोग बजेट छुट्याउन तयार रहेको बताए ।
सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक पद्मकुमार मैनालीले आगामी बजेटमा मेगा सिटी निर्माणका लागि बजेट थप्नुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कार्यदलमा अधिकांश विषयमा सहमति, ‘संकटग्रस्त सहकारी’को परिभाषामा मतभेद
-
एनभीएले जनायो गम्भीर ध्यानाकर्षण
-
छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको मृत्यु
-
काठमाडौँ र कास्कीबाट जुवातास खेलिरहेका ११ जना पक्राउ
-
अपाङ्गता भएका सम्पूर्ण व्यक्तिको स्वास्थ्य बिमा गराउने तयारीमा छौँ: मन्त्री चौधरी
-
मधेस प्रदेश : नयाँ सरकार बनाउने प्रक्रियामा ब्रेक