आइतबार, १४ असार २०८३
ताजा लोकप्रिय

फिट रहन अनुष्का–विराटदेखि मलाइकासमेतले पिउँछन् ‘ब्ल्याक वाटर’, १ लिटरको साढे ६ हजार

शुक्रबार, ११ चैत २०७८, ११ : ४४
शुक्रबार, ११ चैत २०७८

थुप्रै सेलिब्रिटी आफ्नो तिर्खा मेटाउन सादा पानीको साटो एक विशेष प्रकारको पानी पिइरहेका छन् । यो पानीलाई ब्ल्याक वाटर वा एल्कालाइन वाटर भनिन्छ । यो पानीको मूल्य साढे चार हजारदेखि साढे ६ हजारसम्म पर्छ ।

कस्ता छन् फाइदा ?

रिपोर्टका अनुसार यो पानीमा सामान्य पानीको तुलनामा पिएचको स्तर बढी हुन्छ । यसले शरीरको पिएच स्तरलाई नियन्त्रण गर्ने र क्यान्सरजस्ता रोगसँग लड्न मद्दत गर्छ । एल्कलाइन वाटरले शरीरबाट फोहोर पदार्थलाई बाहिर निकाल्न र यो निकै सजिलैसँग पच्छ । धेरै पिएच भएका कारण यसले तपाईंको शरीरमा भएको एसिडलाई नष्ट गर्छ । साथै अक्सिडेशन रियाक्सन पोटेन्सियललाई पनि कम गर्छ । यसकारण पानीमा एन्टिअक्सिडेन्टको मात्रा बढ्ने गर्छ ।

यसबाहेक यो मधुमेह र कोलेस्ट्रोल जस्ता रोगलाई निको पार्न पनि प्रभावकारी मानिन्छ । यसले तौल नियन्त्रणमा रहन्छ । यो पानीमा फुलविक एसिड पाइन्छ जसका कारण यसको रङ कालो हुन्छ । पिएच (पावर अफ हाइड्रोजन) कुनै लिक्विडको एसिडिटी र बेसिसिटीलाई दर्साउँछ । पीएच भ्यालु अर्थात् बेसिसिटी कम, पिएच भ्यालु बढी अर्थात् एसिडिटी धेरै हुनु हो ।

यी सेलिब्रिटी पिउँछन् ब्ल्याक वाटरः

१. अनुष्का शर्मा–विराट कोहलीः

यो सूचीमा सबैभन्दा पहिला नाम अनुष्का र विराट कोहलीको छ । यी दुबै आफ्नो फिटनेसका लागि असाध्यै सजग छन् र यसै कारण उनीहरु थुप्रै वर्षदेखि ब्ल्याक वाटर पिउँदै आएका छन् । एक अन्तरवार्तामा विराट कोहली आफैंले उनको घरका सदस्य घरमा हुँदा यहि पानी पिउँछन् भन्ने जानकारी दिएका थिए ।

२. मलाइका अरोडाः

४७ वर्षकी मलाइका अरोडा बी टाउनकी सबैभन्दा हट र फिट नायिकामा गनिन्छिन् । मलाइका आफूलाई फिट राख्नका लागि ब्ल्याक वाटर पिउँछिन् । यसका साथै उनी जिममा पनि असाध्यै पसिना बगाउँछिन् । मलाइका अरोडालाई जिम बाहिर ब्ल्याक वाटर पिइरहेको धेरै पटक देखिएको छ ।

३. गौरी खानः

बलिउडका बादशाह भनिने शाहरुखकी श्रीमती गौरी खानको नाम पनि यो सूचीमा समावेश छ । गौरीको फिटनेस देखेर कसैले पनि भन्दैनन् कि उनी तीन सन्तानकी आमा हुन् । यो उमेरमा पनि उनी निकै जवान र चार्मिङ देखिन्छिन् । कतिले उनी यस्तो देखिनुमा ब्ल्याक अल्कलाइन वाटर नै हो भन्ने गरेका छन् । केही दिन अघि गौरी खानलाई मिडियाले क्याप्चर गर्दा उनको हातमा ब्ल्याक अल्कलाइन वाटरको बोतल थियो ।

४. करण जोहरः

फिल्मनिर्माता करण जोहर पनि आफ्नो स्वास्थ्यलाई विशेष ध्यानमा राख्छन् । आफूलाई फिट राख्नका लागि करण पनि ब्ल्याक वाटर पिउँछन् । हालै करणको एउटा भिडियो भाइरल भएको थियो जसमा उनलाई ब्ल्याक वाटर बोतलसँगै देखिएको थियो ।

५. उर्वशी रौतेलाः

मिस वर्ल्ड भइसकेकी उर्वशी रौतेला पनि ब्ल्याक वाटर पिउँछिन् । उर्वशीलाई हालै एयरपोर्टमा ब्ल्याक वाटरको बोतलसहित भेटिएको थियो ।

६. श्रुति हसनः

साउथकी चर्चित नायिका तथा बलिउडमा पनि आफ्नो पहिचान बनाइसकेकी श्रुती हसन पनि ब्ल्याक वाटर पिउँछिन् । कोराना कालमा आफूलाई फिट राख्नका लागि र रोगबाट टाढै बस्नका लागि श्रुती हसनले ब्ल्याक वाटर पिउन सुरु गरेको बताएकी थिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप