आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

तस्बिरमा हेर्नुहाेस् नेपाल भर्सेस पीएनजी

शुक्रबार, ११ चैत २०७८, १२ : ५०
शुक्रबार, ११ चैत २०७८

नेपाली राष्ट्रिय क्रिकेट टोलीले एकदिवसीय क्रिकेट अन्तर्गत पपुवा न्युगिनी (पीएनजी) सँग प्रतिस्पर्धा गर्दैछ । आईसीसी विश्वकप डिभिजन टू अन्तर्गत पीएनजीसँग दुई एकदिवसीय खेल खेलेको नेपालले आज घरेलु मैदानमा पीएनजीसँग पहिलो एकदिवसीय सिरिज खेल्न लागेको हो । 

यूएईमा नेपालले पीएनजीसँग दुई एकदिवसीय खेल खेलेको थियो । नेपालले दुवै खेलमा जित निकालेको थियो । पहिलो खेलमा दुई विकेटको जित निकालेको नेपालले दोस्रो खेलमा ७ विकेटको जित निकालेको थियो । 
सन्दीप लामिछानेको कप्तानीमा मैदान उत्रने नेपाल सहज जित निकाल्दै सिरिजको सुरुवात गर्ने योजनामा छ । सन्दीपको कप्तानीमा नेपालले घरेलु मैदानमा पहिलो पटक खेल्दैछ । त्यसैले पनि सन्दीपका लागि आजको खेल महत्त्वपूर्ण रहनेछ । हेर्नुहाेस् तस्बिरहरु :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप