इन्डोनेसियामा आएको बाढीमा परी १५ जनाको मृत्यु
आइतबार, ३० वैशाख २०८१, १६ : १८
जाकर्ता । इन्डोनेसियाको पश्चिम सुमात्रा प्रान्तको अगाम रिजेन्सीमा शनिबार साँझ आएको बाढीका कारण १५ जनाको मृत्यु भएको र अन्य दर्जनौँ घाइते भएको राष्ट्रिय प्रकोप व्यवस्थापन निकाय (बिएनपिबी)ले जनाएको छ ।
बिएनपिबीका प्रवक्ता अब्दुल मुहारीले आइतबार ११ जनाको शव कान्डुआङ जिल्लामा र चारवटा सुङ्गाई पुआ जिल्लामा भेटिएको जानकारी दिए । घाइतेहरूको अस्पतालमा उपचार भइरहेको छ ।
भारी वर्षापछि आएको बाढीले कान्डुआङ, सुङ्गाई पुआ र आइभी कोटो जिल्लामा क्षति पुर्याएको थियो । कान्डुआङ जिल्लामा आवासीय घर, सार्वजनिक सुविधा र पसललगायत ९० वटा भवन डुबानमा परेका छन् ।
यसैबिच चौथो कोटो जिल्लामा ६० जना विस्थापित भएका छन् भने २० पसल र एउटा विद्यालय भवन प्रभावित भएका छन् । आपत्कालीन अवस्थाको जवाफमा डाटा निरन्तर अपडेट गरिरहने प्रयासहरू भइरहेका छन् । - (रासस/सिन्ह्वा)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण