फु फाइटर्सका ड्रमर टेलर हकिन्सको निधन
चर्चित रक ब्याण्ड फु फाइटर्सका ड्रमर टेलर हकिन्सको ५० वर्षको उमेरमा निधन भएको छ । ब्यान्डले सामाजिक सञ्जालमा एक सन्देश पोष्ट गर्दै उनको निधनको बारेमा जानकारी दिएको हो । यद्यपि, उनको निधनको कारणबारे भने खुलाइएको छैन ।
‘हाम्रा प्रिय टेलर हकिन्सको दुःखद् र असामयिक निधनबाट द फु फाइटर परिवार स्तब्ध छ,’ ब्यान्डले आफ्नो आधिकारिक ट्वीटर अकाउन्टमा लेखेको छ, ‘उनको सांगीतिक आत्मा र हाँसो सधैँ हामीसँग बाँचिरहनेछ ।’
ब्यान्ड हाल दक्षिण अमेरिकाको भ्रमणमा रहेको छ । ब्याण्डले शुक्रबार साँझ कोलम्बियाको सांगीतिक महोत्सवमा सहभागी हुने तालिका रहेको थियो । तर, टेलको निधनपछि ब्यान्डले अन्तिम समयमा उक्त महोत्सवमा सहभागिता रद्द गरेको थियो । कोलम्बियापछि ब्याण्डले आज ब्राजिलमा सांगीतिक प्रस्तुति दिने कार्यक्रम तय थियो ।
सन् १९९७ मा ड्रमर विलयाम गोल्डस्मिथले छाडेपछि टेलर सधैँ ब्यान्डसँग आबद्ध रहँदै आएका थिए । विश्वभरबाट टेलरको निधनमा श्रद्धाञ्जली सन्देशहरू आइरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्व रक्तदाता दिवस : सुरक्षित र पर्याप्त रगत आपूर्तिमा अझै असमानता
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
किन आन्दोलित छन् झण्डै १३ हजार चिकित्सक ?
-
रास्वपा लुम्बिनी प्रदेश अधिवेशन : सभापतिका लागि पुनः मतदान हुने
-
‘झोर्ले हजुर’ मार्फत विष्णु माझीले दिइन् सर्प्राइज
-
हाइटीविरुद्ध पहिलो हाफमा स्कटल्यान्डलाई अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण