आआरआर हेर्न गएका फ्यानको हृदयघातका कारण निधन
एसएस राजामौली निर्देशित चलचित्र आरआरआर २५ मार्चदेखि सिनेमाघरमा रिलिज भएको छ । यस चलचत्रिमा रामचरण, जुनियर एनटीआर, अजय देवगन र आलिया भट्ट मुख्य भूमिकामा रहेका छन् ।
यसैबीच शुक्रबार बिहान चलचित्र हेर्न पुगेका एक फ्यानको निधन भएको छ । मृत्युको कारण हृदयाघात भएको बताइएको छ । मिडिया रिपोर्टका अनुसार मृतकको नाम ओबुलेसु हो र उनी ३० वर्षका थिए । ओबुलेसु आन्ध्रप्रदेशको अनन्तपुरको एसवी म्याक्समा चलचित्र हेरिरहेका थिए । तर, लामो समय उनले हलचल नगरेपछि उनीसँगै चलचत्रि हेर्न आएका साथीहरुले उनलाई नजिकैको अस्पताल लगेका थिए । त्यहाँ डाक्टरहरुले उनलाई मृत घोषणा गरेका थिए ।
प्रिरिलिजको कमाईमा नै थुप्रे कीर्तिमान तोडेको आरआरआरले विश्वभर धमाकेदार ओपनिङ गरिरहेको छ । चलचित्र रिलिज हुनुभन्दा अघि नै चलचित्रले डिस्ट्रीब्युसन, स्याटेलाइट, म्युजिकलगायत राइट बेचेर ८०० करोड भारु कमाइ गरिसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्तो रहला आज तपाईँको दिन ? हेर्नुहोस् राशिफल
-
घानामाथि क्रोएसियाको रोमाञ्चक जित, इङ्गल्याण्ड र क्रोएसियासँगै घाना पनि अन्तिम ३२ मा !
-
विकट बस्तीमा निःशुल्क आँखा शिविर
-
पानामा र इङ्गल्याण्डबिचको पहिलो हाफ गोलरहित बराबरीमा
-
पहिलो हाफमा घानाविरुद्ध क्रोएसिया १–० ले अगाडि
-
घानाविरुद्ध क्रोएसियालाई महत्त्वपूर्ण अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण